१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
बाके र बर्दियाका उद्योगी व्यवसायी आन्दोलीत
  • न्युज डेस्क

    २५ मंसिर २०८०, सोमबार

(नेपालगन्ज)
बाके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् ।

उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला प्रशासन कार्यालय बाकेमार्फत प्रधानमन्त्री र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्ज मार्फत अर्थमन्त्री र गर्भनरलाई १४ बुदे ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा बैंक ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोनाकालको बेला बैंकलाई तिरेर ब्याज फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपैयाभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धिकरणको कागजात अनिवार्य गर्नुपर्ने लगायतका रहेका छन् ।

समितिका संयोजक टंकबहादुर धामीले आफना मागहरु सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।‘ पहिलो चरणमा हामीले ज्ञापनपत्रमार्फत हाम्रा मागहरु प्रस्तुत गरेका छौं ।’ समितिका संयोजक धामीले भने,‘माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्नेछौं ।’ संघर्ष समितिले विरोधमा कालो पट्टि बाँध्ने, अनसन बस्ने र व्यवसायी सभा गर्ने तयारी गरिरहेको छ ।

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित
  • Nabintech