१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
गाउपालिकाकै उपाध्यक्षको किर्ते हस्ताक्षर
  • न्युज डेस्क

    २९ असार २०८०, शुक्रबार

(नेपालगन्ज)

बाकेको जानकी गाउपालिकाकी उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरी सात लाख ४९ हजार चार सय तीन रुपैयँ ८५ पैसाको बिल भुक्तानी गाउपालिकाले रोकेको छ ।
गाउपालिकाको गेट निर्माण गर्ने योजना दीपक बिल्डर्सले पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ असार १५ गते अनुगमन समितिको प्रतिवेदन पेस गरेर भुक्तानी लिन थालेपछि किर्ते हस्ताक्षरको रहस्य खुलेको थियो ।
गाउपालिकाले प्रमुख प्रशासकीय अधिकृत सिंहराज डँगीले किर्ते हस्ताक्षर भेटिएपछि पालिकाले बिल भुत्तानी रोकिदिएको बताए ।
‘हामीले पेश्की पनि दिएका छैनौ अब भुत्तानी पनि दिएका छैनौ ’उनले भने‘,गाउपालिकाले गर्ने कारवाही यही हो थप कारवाही न्यायीक रुपमा हुने नै छ । ’
जानकी गाउपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी यादवले आफनो किर्ते दस्तखत गरी भ्रष्टाचार गर्न थालेको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय बँकेमा कारबाहीका लागि निवेदन दिए पछि यो रहस्य खुलेको हो ।
उपाध्यक्ष यादवले आफनो किर्ते हस्ताक्षर देखेपछि न्यायका लागि प्रहरी काहा पुगेको बताइन् । ‘म जनताको जनप्रतिनीधि भएकाले किर्ते दस्तखत गरेर बजेट पास गर्न खोजेकाले रोकेकी हु ।’उनले भनीन् ,‘ आफनो किर्ते दस्तखत भएकाले गाउपालीकाको लेखाबाट फाइल तानेर बजेट रोकेकी छु यो कसरी सम्भव भयो यस्को जवाफ खोजेकी हु ,’।
तर जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले आन्तरीक बिबादका कारण ल्याइएको निव्ेदन उपाध्क्षले फिर्ता लिइसकेको बताए। । ‘किर्ते हस्ताक्ष्रको निवेदन ल्याएर उपाध्यक्ष आउनुभएको थियो । उनले भने , ‘निवेदन दर्ता नभएपनि किर्ते हस्ताक्षर बारे हामीले सुक्ष्म ढंगले अनुसन्धान गरीरहेका छौ ।’
संयोजकको किर्ते दस्तखत गरिएको प्रतिवेदनमा पूर्वाधार संयोजक तथा सदस्य टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ती कादु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय र योजना शाखा प्रमुख तथा सदस्य सचिव शोभा पौडेलको दस्तखत छ । प्रमुख प्रशासकीय अधिकृत डँगीले भने दस्तखत गरेका छैनन् ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित
  • Nabintech