५ चैत्र २०८१, बुधबार
५ चैत्र २०८१, बुधबार
दलित महिला लाइ पाटीको सदस्यता मात्र होइन्,नेतृत्वमा पुरयाउन माग
  • न्युज डेस्क

    १५ आश्विन २०८१, मंगलवार

(नेपालगन्ज)

दलित महिला लाइ राजनीतिक दलले पाटिमा सदस्य मात्र होइन चुनावमा उम्मेदवार बनाएर नेतृत्वमा स्थापीत गर्न दलित महिलाहरुले माग गरेका छन् । कार्यक्रममा बोल्ने वत्ताहरुले दलित महिला केवल भोटका लागि मात्र प्रयोग भएको भन्दै राजनीतिक दलले उनिहरुलाइ ससक्त बनाएर अर्थपुर्ण सहभागिता सुनश्चित गर्नेुपर्ने सहभागिले सुझाव दिएका हुन् ।

मंगलबार दलित महिला संघ बाकेको (फेडो) १७औ साधारण सभामा बोल्दै संघकी केन्द्रीय सचिव हेमा सुनारले दलित महिला संघ आन्दोलनले जन्माएको संस्था भएको बताउदै दलित महिलाहरु जातिय,लैगिक बर्गिय शोषणमा परेको भन्दै उनिहरुका लागि राज्यले बनाएको नितिको कार्यन्वयन हुन जरुरी भएको बताइन् ।

कार्यकममा प्रमुख अथिती जिल्ला सम्वन्य समितीका प्रमुख ज्ञानेन्द्र चौधरीले हरेक क्षेत्रमा दलित महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी , सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, राष्ट्रिय मानव अधिकार आयोगका सुप्रिया गुप्ता , नेपाल उत्पीडित समाजका केन्द्रीय उपाध्यक्ष नन्द बिश्वकर्मा ,दलित गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष डिल बहादुर परियार , लगायतले आफो धारणा राखेका थिए ।


दलित महिला संघका बाकेका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रममा दलित महिलाको क्षेत्रमा योगदान गरेको भन्दै अधिकार्मी नमस्कार शाह र बैजनाथ गाउपालिका पुर्व उपाध्क्ष सारदा रेग्मी बिश्वकर्मालाइ सम्मान गरीएको थियो ।

  • १५ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    सूचना विभाग दर्ता नं. :