६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
सोलारबाट उत्पादित १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा
  • न्युज डेस्क

    २५ चैत्र २०७९, शनिबार

(नेपालगन्ज )
बँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले खजुरा गाउपालिका वडा नं ८ रनियापुरमा १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ । ३३ केभी प्रसारण लाइन मार्फत सो विद्युत कोहलपुर सबस्टेशन जोडिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ ।
तत्काललाई १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले जानकारी दिए । ‘अहिले तत्कालका लागि १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेका छौं,’ उनले भने, ‘करिब २ हप्ता दिनपछि उक्त विद्युत् नियमित प्रसारण हुन्छ ।’ त्यसको करिब दुई महिनापछि थप १० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी तयारी भएको उनले बताए ।
‘अहिले परीक्षण प्रसारण हुन थालेको छ,’ उनले भने, ‘प्रारम्भिक परीक्षण प्रसारण भएपछि यसलाई नियमित गर्छौं ।’ उक्त प्रसारण लाइन सफल भएपछि केही समयमा सोही कम्पनीबाट थप १० मेगावाट विद्युत् खरिद गर्ने उनले बताए । ‘ गर्मी समय सुरु भएसंगै हुने विद्युत् समस्या केही समाधान हुने छ अब गर्मी बढ्यो । यतिबेला अलि बढी विद्युत् चाहिन्छ,’ उनले भने, ‘ प्रारम्भिक सुरु हुने विद्युतले केही राहत अवश्य दिने छ ।’

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ, कोहलपुर–३, कोहलपुर– ४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुदै निर्माण भइ चटार हुदै कोहलपुर सबस्टेसनसम्मको पुर्याइएको छ । रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत बिहीबार बाट राष्ट्रिय प्रसारण लाईनमा जोडन सुरु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताए ।
बाकेमा गर्मिको समयमा हाल ६० मेघा वाट विद्युत भारत बाट आयात गरिने गरेको मा सौर्य उर्जा उत्पादन सग भारतीय बिद्युत आयातमा कमी आउने छ । नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर माधव अधिकारीले पश्चिम नेपालको बाँके लागायतका स्थामा सौर्य उर्जाको राम्रो सम्भावना भएको बताए ।
उक्त आयोजनाको सफलता पूर्वक परिक्षण पछि खजुरा गाउँपालिकाका प्रमुख डम्बर बहादुर बिक तुफानले निरीक्षण गरेर गोल्यान समुहले खजुरालाई केन्द्र बनाएर ठुलो आयोजना गर्नु गौरवको विषय भएको बताए । उनले सो आयोजना लाई सबै खाले सहयोग गर्न गाउपालिका तयार रहेको बताए ।

 

  • २५ चैत्र २०७९, शनिबार प्रकाशित
  • Nabintech