४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
मन्टे्श्वरी स्मार्ट किडसले मनायो स्पोर्टस डे
  • न्युज डेस्क

    १० फाल्गुन २०७९, बुधबार

(नेपालगन्ज)
नेपालगंन्जमा रहेको मन्टे्श्वरी स्मार्ट किडसले मंगलबार स्पोर्टस डे मनाएको छ ।
बालबालिकाको शैक्षीक बिकास मात्र नभइ स्वास्थ्य बिकासका लागि खेलकुद पनि आवश्यक रहेकाले खेलकुद प्रतियोगिताको आयोजना गरीएको मन्टे्श्वरी स्मार्ट किडसकी प्रिन्सीपल मिता थैबले बताइन् । ‘हार जित भन्दा पनि खेलप्रति बालबालिका लाइ आर्कषण जगाउन सो इभेन्ट गरीएको हो’ थैबले भनिन्, पढनका लागि पनि खेलकुद आवश्यक छ यसले बच्चाहरु माइन्ड फ्रेस गराए पढनमा थप रुची पढोस भन्ने हाम्रो मान्यता हो । ’

प्र्तियोगितामा स्पुन मार्बल रेस , रिले रेस ,फ्रग रेस गराइएको थियो ।

स्पुन मार्बल रेसमा बालकतर्फ बिन्ब पहिलो मधुर दोस्रा्े रायन तेस्रो भए । रिले दौडमा आभा , अन्बी आग्रनी सुसबिताको टिम प्रथम भएका थिए ।रिले दौडमा बिन्रब बिनायक , नमो, रुसन ले भाग लिएका थिए । स्पुन मार्बल गल्स तर्फ सुसबिता ,पहिलो आभा दोस्रो अन्याया तेस्रो भइन् । फ्रग रेसमा सम्पन्न, पहिलो दो्रस्रो जेनिशा , तेस्रो रायन भए ।

खेलकुद प्रतियोगितामा भाग लिन पाउदा बालबालिका खुशी देखिएका थिए ।

 

  • १० फाल्गुन २०७९, बुधबार प्रकाशित
  • Nabintech