८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
नाकामा सरसफाइ अभियान
  • न्युज डेस्क

    ७ फाल्गुन २०७९, आईतवार

(नेपालगन्ज)

बाकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाई अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाईकर्मी लगायत उपस्थित थिए ।
त्यसक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताए । उनले सरसफाई अभियानलाई निरन्तर रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । नगर प्रमुख प्रशान्त विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिक रुपमा सरसफाई अभियान थालिएको बताए । नगरलाई सफा र स्वच्छ राख्न सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने विष्टको भनाई छ ।
। क्लिन नेपालगञ्ज–ग्रिन नेपालगन्जका अभियन्ता डा.कर्णले आफूहरुले साप्ताहिकरुपमा अघि बढाएको सरसफाई अभियानले नागरिकमा सचेतना र जागरण ल्याएको स्मरण गराउँदै उक्त अभियानलाई प्र्रतिकूल अवस्थाका कारण निरन्तरता दिन नसकेपनि अब नेपालगन्ज उपमहानगरपालिकासंग सधैं हातेमालो र सहकार्य गर्न तयार रहेको सुनाए ।कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।

 

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित
  • Nabintech