११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी मेला
  • न्युज डेस्क

    ५ फाल्गुन २०७९, शुक्रबार

(नेपालगन्ज)

महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी मेला सुरु भएको छ ।
महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही शुक्रबार देखि फाल्गुन ९ गतेसम्म चल्ने छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले शुक्रबार प्रदर्शनीको उद्घाटन गरिन् ।
नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु, उद्यम र उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।
शुक्रबार प्रदर्शनीको उद्घाटन गर्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले प्रदर्शनको सफलतको शुभकामना दिईन् । घरमै उत्पादन गरेर निर्माण गरेका वस्तु र उत्पादनलाई प्रचार गर्नमा मेलाले ज्यादै सहयोगी भुमिका खेल्ने भएकोले मेलाको सदुपयोग गर्न उनले महिला उद्यमीलाई आग्रह गरिन् । ‘हाम्र्रो समाजमा महिलालाई अगाडी बढन त्यति सहज छैन । हरेक क्षेत्रमा महिलाको सहभागिता न्युन छ । संविधानले व्यवस्था गरेको कुरा पनि पाउन सहज छैन ।’उनले भनिन्,‘ यस्तो अवस्थामा महिलाहरु आफैं आत्मनिर्भर भएर आफनो क्षमताको विकास गरेर अगाडी बढन सक्नु पर्छ । आफु मन्त्री भएको कारण महिला उद्यमीको भावना अनुसारको काम र एजेन्डालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’
लुम्बिनी प्रदेश सासद माया पुनले घर व्यवहारको जिम्मेवारी निर्वाह गर्दै आर्थिक समृद्धिको क्षेत्रमा काम गर्नु महत्वपुर्ण कुरा भएको बताईन । महिलाहरु परिवर्तनको शिखरमा भएकोले उद्यमका क्षेत्रमा आत्मविश्वासका साथ अगाडी बढन जरुरी रहेको पुनले भनाइ छ ।
लुकेर बसेका अवसर नपाउने महिलाहरुलाई प्रदर्शनीले ज्यादै नै ठुलो गुन लगाएको भन्दैं प्रदेश सभासद मिना श्रेष्ठले आयोजक महिला उद्यमी संघ नेपाल बाकेले निकै उत्कृष्ट कार्य गरिरहेको बताईन ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदर्शनी संयोजक साबित्रा बस्नेतले महिला उद्यमीको अवस्थाको बारेमा बताएकी थिईन ।
नितु शाह चन्दले संचालन गरेको कार्यक्रममा महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक एवम् केन्द्रिय सदस्य सरस्वती शर्मा, महिला उद्यमी संघ नेपाल बाँके पुर्व अध्यक्ष कुसुम बस्नेतले शुभकामना मन्त्व्य राखेका थिए ।
फागुनको ९ गते सम्म चल्ने प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।
नेपालगन्ज उप–महानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिब ६० वटा स्टल राखिएकोे छ । शुक्रबार प्रदर्शनीको उद्घाटनको अवसरमा लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी, सभासद माया पुन र मीना श्रेष्ठलाई आयोजक महिला उद्यमी संघ नेपाल बाँके टिमले सम्मान गरेको थियो ।
महिला उद्यमीलाई बजारीकरणमा सहयोग गर्दै प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशको सुर्खेतबाट समेत महिला उद्यमीहरु आएका छन् ।

 

 

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित
  • Nabintech