६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी प्रर्दशनी
  • न्युज डेस्क

    ४ फाल्गुन २०७९, बिहीबार

(नेपालगन्ज)
महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी प्रर्दशनी गरिने भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही फाल्गुन ५ गतेदेखि ९ गतेसम्म गरिन लागीएको हो ।
महिला उद्यमी संघ नेपाल बाकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको प्रबद्धनका लागि उक्त प्रदर्शनी गर्न लागेको जानकारी दिएको छ । सो प्रर्दशनीको यो छैटौं संस्करण हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको चिल्ड्रेन पार्कमा प्रर्दशनी सञ्चालन हुने भएको छ । प्रदर्शनीको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गर्ने आयोजकले जनाएको छ । यसपटकको प्रदर्शनीमा सालको पातबाट बनाईएका हाते टपरी र अल्लोका लुगा विशेष आकर्षकका रुपमा रहनेछन् ।

महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, साँस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्धारा तपार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्धारा सञ्चालित बेसार खेतीको उत्पादन, कला साहित्य, चाडपर्वमा पाईने र बनाइने नेपाली साँस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आर्कषण रहेको मेलाका संयोजक सावित्री बस्नेतले जानकारी दिइन् ।
संयोजक बस्नेतका अनुसार नव उद्यमी उत्पादन गर्न बिद्यार्थीहरुलाई बिक्री वितरण गर्न सिकाउन बिद्यार्थीको स्टल समेत राखिनेछ । प्रर्दशनीमा सानो लगानीबाट महिला उद्यमी बन्न सफल महिला उद्यमीहरुलाई सम्मान गरिने संयोजक बस्नेतले बताइन् । वि.सं. २०६० सालमा स्थापना भएको संघमा ६२ जना महिला उद्यमीहरु सदस्य छन् । संघले २०७२ सालदेखी प्रर्दशनी गर्न थालेको हो ।

संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले महिला उद्यमीहरुको सिप प्रर्दशन र उत्पादित बस्तु बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको बताईन् । नेपालगन्ज उपमहानगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाकेको आर्थिक सहयोगमा गरिने उक्त प्रर्दशनीमा ५० भन्दा बढी स्टल रहने भएका छन् ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष भवानी राणाले महिलाभित्र धेरै सिप भएपनि त्यसलाई बाहिर ल्याउन नसकेको बताइन् । ‘महिलाका हातमा धेरै सीप हुन्छन् तर ती सीपलाई बाहिर ल्याउन अझैं सकिएको छैन । उनले भनिन् ,‘महिलाभित्र भएका त्यस्ता सीपहरुलाई बाहीर ल्याएर बजार सम्म पहुच पुरयाउन यो प्रर्दशनीले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित
  • Nabintech