१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
प्रेस चौतारी नेपालकाे २५ औं स्थापना दिवसको अवसरमा बाँकेका दुई जना पत्रकार सम्मान
  • न्युज डेस्क

    २२ माघ २०७९, आईतवार

नेपालगञ्ज – प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले  रेशम विरही सिर्जनशील पत्रकारिता  पुरस्कार   पत्रकार कृष्ण अधिकारी र  क्रियाशील पत्रकारिता पुरस्कारबाट धना केसीलाई सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो। हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी, चौतारीका नेताहरु शिव डोटेल, पूर्णलाल चुके, रुद्र सुवेदी, भेषराज बस्नेत, जिल्ला अध्यक्ष दुर्गा रोकायले सम्मान गरेका थिए । दुवै जनालाई ५ हजार ५ सय रुपैयाँ नगदले पुरस्कृत गरिएको थियो । चौतारीको स्थापना दिवसको अवसरमा पार्टीका नेता र चौतारीसम्बद्ध पत्रकारका बीचमा फुटबल खेलिएको थियो । खेलमा नेताहरुको टीम ५–३ गोलले विजयी भयो। दिवसकै अवसरमा चौतारीले वनभोज आयोजना गरेको छ । त्यसअघि महिला पत्रकार र शिक्षिका बीचमा फुटसल खेलाएको थियो ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित
  • Nabintech