१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
शंका र अन्धबिश्वासको भरमा आगो लगाउदा ,छोराको मृत्यु पत्नी अस्पतालमा
  • न्युज डेस्क

    १७ माघ २०७९, मंगलवार

(नेपालगन्ज)
अनुहार बाहेक घाटीको भाग पुरै जलेको छ । घाउहरु पाकेर दुखाइ पनि त्यस्तै बलेको आगो जस्तै शरिर पोलिरहेको छ । तर बाके कोहलपुर –२, शत्तिनगरकी गंगा बिकलाइ त्यो भन्दा बढि मन भतभती पोलिरहेको छ । उनको आखा बाट आशु मात्र बगिरहेको छ । पोलीएको त्यो आलो घाउले उनलाइ नपोलेको पनि होइन् । तर दुइ बर्षे काखे छोरा आफनै अगाढी जलेर मृत्युको मुखमा पुगेपछि उनलाइ छोरोको दुखाइ र आशुले पोलेको मन उनि थाम्न सकेकी छैनन् ।
भेरी अस्पतालको आइसिउ बेडमा छटपटाइरहेकी गंगाको चित्कार नसुनिएपनि उनको मन भतभती छोरोको सम्झनाले पोलिरहेको छ ।
आइतबार साझ पति संग घरमा झगडा भएपछि मामा नाता पर्ने काहा पुगेकी उनि आइतबार साझ आफनै घरमा फर्किन् । तिन छोराछोरी लाइ घरमा छोडेर गएकी उनि रात परेपछि ६ बजेतिर दुइ बर्षिय काखे छोरा बोकेर आइन् । तर घरमा पतिको मन शान्त थिएन् । उनका पति लाइ सम्झउन आफन्त पर्ने मामा र अरु पनि आए । सबै लाइ पतिले तथानाम गालि गरेर फर्काए । झगडाले उग्र रुप लिन थालेपछि छोरा लाइ पिठयुमा बोकेर गंगा आइतबार रातिनै माइत जान तयार भइन् । पतिको रिस थप बढयौ ।
उनले पेट्रोल छर्कीएर सलाइ कोरे आगो लगाए । शरिरमा आगो लागेपछि गंगाले हतपत्त छोरा लाइ पिठयु बाट भुइमा झारीन छिमेकी र आफन्त आएर गंगालाइ बचाउन थाले । भुइमा भएको छोरोलाइ कसैले देखेन । गंगा आधा जलिन उनको घाटी देखि कम्मरको को भाग जल्यौ । त्यति बेला सम्म छोराको मुख देखि कम्मर सम्मको भाग जलिसकेको थियो । ‘सबै छोरी लाइ आगो लगाइदियो भनेर छोरी तिर लागे उ आफै अर्धचेत अवस्थामा थिइ बच्चातिर कसैले ध्यान नै दिएनन् । ’गंगाका पिता मनी बिकले भने , ‘छोरी त आधा जलेर धन्न बाची नाती लाइ बचाउन सकिएन् ’
एक बर्ष देखि घरमा पति पत्नी बिच झगडा भइराख्दा पनि छोरीले आफुहरुलाइ कुनै शंका गर्ने ठाउ नदिएको पिता मनिले बताए । ‘कुटने पिटने त एक बर्ष देखि चलिरहेको रहेछ हामीलाइ छोरीले बुवा आमाले दुखं मान्नुहुन्छ भनेर कहिले भनिन मनीले भने, धामीझनार्कीले छोरी संग धेरै केटाहरु लागेका छन झनेपछि ज्वाइले शंका गरी जलाउने योजना बनाएका रैछन् । अन्धबिश्वासले नाति गुमाए । ’
पिता छोरीको हालत देखेर निराश छन् । ‘आमाको काखमा रहेको छोरो आमाको काखमै मरयौ पानि खान्छु भन्दा भन्दै पनि नातिले पानि खान पाएन् । ’मनीले भने , ‘छोरो लाइ सम्झेर छोरी पनि मरेसरह भइ ।’
गंगाका पति ३० बर्षिय भानुभक्त भारतमा ब्यापार गर्छन् । जाडो याममा गलैचा देखि सिरकको ब्यापार गर्ने उनि भारतमा पनि पुग्ने गर्थे । गंगाा भने २ छोरी र २ छोरा संग घरमै बसेकी थिइन् । माइतीले बन्दोबस्त मिलाइदिएपछि कोहलपुरमा उनको परिवार घर बनाएर बसेको थियो ।
गंगाका २ वर्षिय छोरा प्रिन्स बिकले सोमबार बिहान ४ बजे अन्तिम स्वास फेरे भेरी अस्पताल नेपालगंजमा । प्रिन्सलाई बचाउन डाक्टरहरुले गरेको लाखौं कोशिस असफल भयो ।
आगोबाट गम्भीर घाइते भएका उनीहरु आमा छोरालाई उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । तर त्यहँ उपचार सम्भव नभएको हुनाले उनीहरुलाई नेपालगन्ज भेरी अस्पताल रेफर गरिएको थियो ।
गंगाको भने अस्पतालको आइसिउम उपचार भैरहेको छ । उनको शरिरको ५० प्रतिशत भाग जलेको छ ।
आइतबार करिब ६ बजेतिर आफनै घरमा पति भानुभक्त विकले पत्नी गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।

भानुभक्त पत्नी र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले आइतबार रातिनै पक्राउ गरीसकेको छ ।
भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्ले बताए । घटना पश्चात ईलाका प्रहरी कार्यालय कोहलपुरले फरार बिकको खोजिमा ठुलो मात्रामा प्रहरी परीचालन गरेको थियो ।
कोहलपुर ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताए । ‘पति पत्नीको झगडाले उग्र रुप लिदा यो घटना भएको देखिन्छ ।पिडा लुकाइदै जाने प्रहरी संग नपुग्ने समस्याले ठुलो घटना भयो ’डिएसपी मल्लले भने ,‘ परपुरुष संग को शंकाले यो घटना भएको देखिएको छ ’

  • १७ माघ २०७९, मंगलवार प्रकाशित
  • Nabintech