१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
जेष्ठ नागरीक लाइ सम्मान ,जाडोमा न्यानो कपडा उपहार
  • न्युज डेस्क

    १० माघ २०७९, मंगलवार

(नेपालगंन्ज)
आगो थाप्नु मुढाको कुरा सुन्नु बुढाको उनिहरुको सर्घष योगदानको कदर गर्दै हाम्रो समुदायमा रहेका जेष्ट नागरिकलाइ उनिहरुको योगदान अनुभवको लागि सम्मान गरीएको छ । उमेरमा र अनुभवमा पाका जेष्ठ नागरिक समाजको गहना हुन भन्दै जनप्रतिनिधीले उनिहरुको सम्मान गरेका हुन् ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा वडा न ३ का ७८ वर्ष माथी उमेर समुहका ८० जना ज्येष्ठ नागरिकहरुलाई अध्यक्ष चन्द्रकला विकले ब्याल्याङकेट बितरण गरिन् । पालिकाको स्वीकृत कार्यक्रम अन्तर्गत वडाको बजेटबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको थियो ।

सोमबार आयोजित कार्यवहाक वडा अध्यक्ष विकले ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु नै ठुलो अवसर रहेको बताइन् । जेष्ठ नागरिकको सेवा गर्न पाउनुनै ठुलो धर्म हो ’बिकले भनिन्,‘ परिवार सन्तानका लागि बदिलान गरेका सम्पुर्ण जेष्ठ नागरिक लाइ सम्मान गर्नु सबैको दायित्व हो। ’
ज्येष्ठ नागरिक परिवार, समाज र राज्यका लागि सम्पत्ति हुन् त्यसैले उनीहरुको सम्मान गर्नुपर्छ कार्यवाहक अध्यक्ष विकले बताइन् ।

हाम्रो समाजमा छोराछोरी विदेशमा हुने बाबुआमा वृद्धाश्रममा हुने संस्कारलाई निरुत्साहित गर्नु अपरिहार्य रहेको उनले बताइन् । जनप्रतिनिधि र कर्मचारीका साथै जेष्ठ नागरिक प्रोत्साहन तथा सम्मन कार्यक्रमलाई निरंतरता दिनु पर्छ भन्ने उनको भनाइ छ ।
चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ब्ल्यांकेट वितरण गरिएको हो ।
सम्मान कार्यक्रममा वडा बाट ज्येष्ठ नागरिकहरुको सम्मान तथा उनीहरुको आत्मबल बढाउन र चिसो बाट बच्नका लागि ब्याल्यांकेट बितरण गरिएको थियो ।
उक्त सम्मान कार्यक्रममा वडा सदस्य दुसानी चौधरी , रुद्रपौडेल , कृष्ण लामिछाने , ज्येष्ठ नागरिकका संयोजक हरि बहादुर घर्ती , नागरिक समाजका गङगाधर पराजुली , निवर्तमान अध्यक्ष दुर्गा पराजुली लगायत जनप्रतिनिधि , कर्मचारी , समाजसेवी , बुद्धिजीवी , स्थानीयवासिहरुको बाक्लो सहभागिता थियो ।

 

  • १० माघ २०७९, मंगलवार प्रकाशित
  • Nabintech