१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
जीप दुर्घटनाः चार जनाको ज्यान गयो, एक जना घाइते
  • न्युज डेस्क

    ८ माघ २०७९, आईतवार

सुर्खेत । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोला जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन् । गएराति साढे दुई बजे तिर बा ०१०२६ च ९२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका ३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका ३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै,  भैरवी गाउँपालिका ५ का २५ वर्षका वीरेन्द्रराज शाही भने घाइते भएका छन् । उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित
  • Nabintech