११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
बालबिबाह रोक्न ग्यास सिलिन्डर उपहार
  • न्युज डेस्क

    ६ माघ २०७९, शुक्रबार

(नेपालगन्ज)
बाकेमा बालबिबाह रोक्न धेरै योजना बनाइएको छ । बालिका खाता देखि बिभिन्न उपहारका योजना बनाइएको छ । तर बाकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने महिला लाई ग्यास सिलिन्डर उपहार दिने योजना ल्याइएको छ ।
मधेशी तथा मुस्लीम समुदायको बाक्लो बस्ती रहेको यो वडामा बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले बताए । बालबिबाह दैनीक रुपमा बढिरहेको छ । बढाएर जन्मदर्ता बनाउन आएर हैरान बनाइसके ।’उनले भने , ‘वडाको समिती संग छलफल गरेर समुदायको माग अनुसार नै यो योजना ल्याएको हु ।’
माग ३ गते वडाले सुचना जारी गरेको छ ।वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहमा उपहार स्वरुप सिलन्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुदा इच्छुक युवतीहरुले उपहार लिन प्रमाण सहित वडा कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
वडाध्यक्ष शेषले बालविवाह रोक्न गाउँपालिका र वडाले किशोरी नाटक, महिला स्वंसेवक, जनचेतना कार्यक्रम, ¥याली जसता कार्यक्रम गर्दा पनि नसकेको बताए ।
३ माघदेखि सिलिन्डर दिने निर्णय गरेपनि वडामा अहिलेसम्म एउटा पनि निवेदन नआएको उनले बताए । सो वडामा ९५ प्रतिशत मधेशी तथा मुस्लीम समुदायको बसोबास छ ।
छोरीहरु लाइ पढाउदैनन् । बिहे गर्न हतार गर्छन् । जे गरे पनि समुदाय लाइ बुझाउन सकिएन् वडा सदस्य समुन्दरा चमारले भनिन् ,बरु ग्यास सिलिण्डेर पाउनका लागि भएपनि २० बर्ष पुगेर बिहे गर्छन् की भनेर त्यहि किनेर दिने बिचार गरयौ । ’
सो गाउपालिकामाम बालबिबाह नियन्त्रणका लागि बिभिन्न काम भएका छन् ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित
  • Nabintech