१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
बरिष्ठ सई विकको कमाण्डमा जमुनाह नाका, एक हप्तामा करिब पाच लाखको अबैध सामाग्रि बरामद
  • न्युज डेस्क

    २९ पुष २०७९, शुक्रबार

(बांके)
नेपालगन्ज स्थीत जमुनाह नाकामा प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि अभियान चलाएको छ । जमुनाह प्रहरीको कमाण्ड समहालेका बरिष्ठ सई पूर्ण विकको पहलमा भारतबाट तस्करीका लागि नेपालगन्ज प्रवेश गराइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । साढे तिन लाख बराबरको सामाग्रि जिल्ला प्रहरी कार्यलय हुदै भन्सार बुझाइएको छ ।
प्रहरीले एक हप्ता सम्म अबैध रुपमा नाका हुदै लैजादै गरेको पाच लाख बराबरको सामाग्रि नाका बाट बरामद गरेको छ ।
यस्तै प्रहरीले कपडा खाद्यन्न सुर्ति ,कुखुरा माछा । खाने मसला गरी एक लाख १२ हजारको सामाग्री बरामद गरेको छ । जमुनाह नाकाको पूर्व जमुनाह गाउबाट अवैध सामाग्री बरामद भएको विकले बताए ।
‘नाका भन्ने बित्तिकै जमुनाह नाका मात्र बुझिन्छ ’बरिष्ट सइले भने भित्री नाकामा पनि तस्करहरुको चलखेल रोक्न सक्रिय छौ ’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध तस्करी रोक्न देशैभरका सिडिओ तथा प्रहरी प्रमुखलाई निर्देशन दिएपछि बाकेमा पनि कडाइ सुरु गर्न लागिएको हो ।बाकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरको निर्देशनमा बरिष्ठ सई विकलाई जमुनाह खटाइएको हो ।
गृहको निर्दैशन पछि नाकामा अवैध क्रियाकलाप रोकीएको छ । नाकामा सामान बोकेर आउने भरीयाहरु समेत नदेखीएको बरिष्ट सईले बताए ।
प्रहरीभित्रको चरम व्यथितिबारे राम्रोसँग बुझेका गृहमन्त्रीको निर्देशनपछि बाकेका एसपी राठौर पनि अवैध तस्कर नियन्त्रणमा कडारुपमा निर्दैशन दिएका छन् ।
बाकेका भित्री सबै नाकाहरुमा सुरक्षा ब्यबस्था कडाइ गरीएको छ ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित
  • Nabintech