१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सामाजिक अभियान बाट समाजलाइ सुन्दर बनाउने अभियान ,सामाजिक सेवामा अग्रसर लायन्स क्लब
  • न्युज डेस्क

    २२ पुष २०७९, शुक्रबार

(नेपालगन्ज)
बाके  र बर्दियामा रहेका लायन्स क्लबहरुले सामाजिक सेवाको हेतुले बिभिन्न सेवाका कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।
लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४४औं जन्मोत्सवको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनमा आबद्ध रहेका क्लबहरुले आगामी पुस २३–२९ गतेसम्म सात दिन छुट्टाछुट्टै रुपमा बिभिन्न कार्यक्रम गर्ने बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक साबित्रा बस्नेतले बताइन् ।
‘सामाजिक अभियान बाट समाजलाइ सुन्दर बनाउने अभियानमा छौ’ कार्यक्रम संमयोजक बस्नेतले भनिन,‘सबै भन्दा ठुलो सेवा नै मानवीय सेवा हो।’

२३ पुसमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीस्थित स्वास्थ्य चौकीबाट महिलाको पाठेघरको उपचार शिविर राखेर साताव्यापी कार्यक्रमको सुरुवात हुनेछ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका पूर्व गर्भनर शेम शाक्यका अनुसार क्लबले न्यानो कपडा वितरण, स्वास्थ्य शिविर, खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग, रोजगार र लागूऔषध दुव्र्यसनीबिरुद्ध सचेतना, औषधि वितरण, सरसफाइ र रक्तदान लगयातका कार्यक्रम रहेका छन् । बाँके र बर्दियामा ३२ वटा लायन्स क्लबमा झन्डै पाच सय सदस्य छन् ।

लायन्स क्लबले नेपालगन्जमा लायन्स डेन्टल अस्पताल, स्व.रामनारायण मधुमेह सेवा केन्द्र र चार वटा एम्बुलेन्स सञ्चालन गरेका छन् । त्यसैगरी बैजनाथ गाउँपालिकाको गाभर र नेपालगन्जमा लायन्स सिलिायन्स क्लबले नेपालगन्जमा लायन्स डेन्टल अस्पताल, स्व.रामनारायण मधुमेह सेवा केन्द्र र चार वटा एम्बुलेन्स सञ्चालन गरेका छन् । त्यसैगरी बैजनाथ गाउँपालिकाको गाभर र नेपालगन्जमा लायन्स सिद्धि विनायक पार्क बनाएको छ । नेपालगन्जको न्यूरोडमा भानु चोक र आदिकवि भानुभक्तको शालिक र राँझा विमानस्थल जाने बाटोमा मूल गेट पनि लायन्सले नै बनाएको हो ।

खजुराको क्यान्सर अस्पतालमा एक करोड रुपैयाँको लागतमा बिरामी कुरुवा घर पनि बनाएर हस्तान्तरणको चरणमा छ । पूर्व गर्भनर शाक्य भन्छन्, ‘शिक्षा, स्वास्थ्य, भोकमरी अन्त्य र पर्यटन प्रबद्र्धन हाम्रा सेवाको प्राथमिकताका क्षेत्र हुन् । विपद्का बेलामा पनि लायन्सले जनतालाई राहात वितरण गरेको छ ।’

 

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित
  • Nabintech