७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बिन्दुको जित नेपालगंन्जको जित
  • न्युज डेस्क

    २७ बैशाख २०७९, मंगलवार

(नेपालगन्ज )

बैशाष ३० गते हुन गई रहेको आसन्न स्थानिय तहको निर्वाचनमा राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपमेयरको उम्मेदवार बिन्दु चर्ति मगर जितको नजिक पुगेकी छन् । उनको पक्षमा देखिएको जनलहरले उनलाइ जित नजिक पुरयाउदै लगेको छ । उनको हार्दीकता अनि नेतृत्व गर्ने कौशालता अरु भन्दा भिन्न छ ।

बिन्दु आफैमा एक सक्षम र सर्घषशील नेतृ हुन् । उनको राजनीतिक यात्राको शुरुवात नै राप्रपाबाट भएको हुनाले पार्टीमा पनि उनको बलियो प्रभाव रहेको छ ।

जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म सबै नेताहरुसंग राम्रो र कुटील सम्बन्ध बनाउन सफल बिन्दुले राप्रपाका महामन्त्री डा. धवल समशेर राणाको बिरासत लाइ जोगाउने नेपालगंन्जवासीले आवाज छ ।
एका तिर पँ।च दलको गठबन्धन एकातिर र एमालेको ठूलै दलबल अर्कोतिर हुदापनि यी दुबैसंग प्रतिपर्धा गर्न उपमेयरकी उम्मेदार बिन्दु चुनावी मैदानमा उत्रीनु आफैमा चुनौती हो । तर उनले गरेका कर्म र उनको नेतृत्व गर्न सक्ने कौशलताले नेपालगंन्जवासीको मत आफनो पक्षमा हुने बिश्वास गरेकी छन् ।

बिन्दु राजनीतिकर्मी हुनुको साथ साथै उनी यस क्षेत्रकै सफल व्यावसायी पनि हुन् । उनको आफनै पुष्प व्यवसाय छ । उनी नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचित सदस्य हुनुको साथै महिला उद्यमी संघ बाँके नेपालगञ्जको कार्यसमिति सदस्य पनि हुन् । उनी लाईन्स क्लब अफ नेपालगन्जमा पनि आवद्ध छिन् ।फलोरी कल्चर एसोसियशन (लुफान) प्रदेश नं. ५ को उनी उपाध्यक्ष समेत हुन् ।
‘म उपमहानगरमा नेतृत्व होइन सेवा गर्नका लागि पुग्न चाहन्छु ।’उनले भनिन्,‘ मेरो बिश्वासलाइ उपमहानगरबासीले मतमा परिणत गर्नुहुनेछ भन्नेमा ढुक्क छु ।

 

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित
  • Nabintech