१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
वडा अध्यक्ष दौडमा महिला
  • न्युज डेस्क

    २६ बैशाख २०७९, सोमबार

(नेपालगन्ज)
नेपालगंन्ज उपमहानगरको २३ वडामा चार जना महिला वडा अध्यक्षको प्रतिस्पर्धामा छन् ।
यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।वादि समुदायको प्रतिनिधीत्व गर्दै राप्रपाकी मन्जु वादी वडा न. ५ बाट अध्यक्षको उम्मेदवार छन् । उनि बादि समुदायको प्रतिनिधीत्व गर्ने एक्लो उम्मेदवार हुन् ।
यस्तै अघिल्लो निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा राप्रपाबाट मोहम्मद सफिक बेहेना निर्वाचीत भएका थिए । वडा सदस्य इन्दिरा कुमारी शाही पनि निर्वाचीत भइन् । वडा नं ४ रातदिन खटिएर कोभिड १९ को महामारीमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर प्रतिनीधिले काम गरे ।
समाजसेवीको भुमिका निभाउदै आएकी इन्दीरा अहिले वडा अध्यक्षको उम्मेदवार भएर घरदैलोमा भोट माग्न ब्यस्त छीन् ।
राप्रपाले ११७ जना उम्मेदवार बनाएको राप्रपाले दुइ जना वडा अध्यक्ष महिला उम्मेदवार बनाएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं २ कि लोकप्रिय मुस्लिम महिला नेतृ वडा अध्यक्ष पद उम्मेदवार कालिमिया कस्मिरा मैदानमा छीन् । एक सफल उद्यमी उनले महिलाहरु लाइ रोजगारमा जोडने काम गरेकी छन् ।
माओवादी केन्द्र बाट उपमहानगरमा एक सय चार जना उम्मेदवार छन् । कालिमीया माओवादी केन्द्र बमट एक्लो महिला वडा अध्यक्ष्की उम्मेदवार हुन् ।

स्थानिय तहको निर्वाचन नजिकिएसँगै निर्वाचनलाइ लक्षित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) ले घरदैलो अभियानलाइ तिब्रता दिएको छ ।
घरदैलो अभियानमा सक्रियता देखाउँदै नेपालगन्ज उपमहानगरपालिका वडा नं २ वडा अध्यक्ष पदका प्रत्यासी आशा बिष्ट जनताको घर घरमा पुगेकी छन् । सामाजीक काममा रमाउने आशा मतदाता बाट बिश्वासको मत पाउने आशा ब्यत्त गरेकी छन् । अध्यक्षका प्रत्यासी सहितको टिम झन्डा, व्यानरसहित घरदैलोमा अभियानमा जुटेका छन् ।
गत स्थानिय तहको निर्वाचनमा सदस्यमा निर्वाचीत भएकी बिष्ट यो पटकपनि त्यहि बिश्वसासले वडा अध्यक्ष भएर वडाको बिकास लागि काम गर्ने प्रतिबद्धता ब्यत्त गर्छिन् । । ‘जनताले घरदैलो अभियानमा दिएको माया र साथले निर्वाचनमा थप उत्साह थपिएको छ । अभियानमा दिएको माया र साथले निर्वाचनमा थप उत्साह थपिएको उनले भनीन् ,‘बहुमत लिएर बिजय हुने कुरामा म बिश्वस्त छु ’
राप्रपा नेपालले ३८ जना लाइ उपमहानगरमा उम्मेदवार बनाएको छ ।

 

  • २६ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech