१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
सर्घषले उदाएकी जयन्ती
  • न्युज डेस्क

    २६ बैशाख २०७९, सोमबार


(नेपालगन्ज)

शोक लाइ शत्तिमा बदलीएकी जयन्तीले सुखं भन्दा बढि दुखं भोगेकी छन् । आफना हरेक दुखंलाइ उनले सर्घषमा बदलिएकी छन् । जयन्ती केसी द्वन्द्व पीडित तथा एकल महिला संजाल बँके अध्यक्ष हुन् । तत्कालिन शाही नेपाली सेनामा कार्यरत उनका पति माओवादी द्वन्द्वकालमा मारिए । जिवनको एउटै भरोसा छोराको मृत्यु पछि जिबनमा सबै साहारा गुमाइन् । हरेस खाइनन् , अगाढी बढने हिम्मत जुटाइन् । समाजको लागि आफनो आवश्यकता ठानेर आफु जस्तै एकल महिलाको अभिभावक बनिन् ।
उनै जयन्ती ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाट खुला सदस्यको उम्मेदवार छिन् ।संस्था मार्फत सेवा गरीरहेकी उनलाइ स्थानीयतहमा बसेर नितीगत रुपमा पछाडी परेका समुदायको उत्थानका लागि काम गर्ने धोको छ ।
‘लामो समय देखि समुदायमा बसेर समुदायका लागि काम गरेरहेकी छु ’उनले भनिन् ‘अव वडा मार्फत सेवा गर्न चाहन्छु । ’

उनी सामाजीक काममा दिनरात खटिन्छीन् । बृद्धाश्रम निर्माणका लागि निलसागर बृद्धाश्रमले नेपालगन्जमा आयोजना गरेको भागवत महापुरान सफल बनाउन उनी रातदिन खटिइन् । बृद्धाश्रम भवन निर्माणमा सहयोग पुर्याउन रकम दान गरिन् ।

नेतृत्व क्षमताकी खुबी राखेकी जयन्ती सरकारी, गैरसरकारी, वित्तिय तथा अर्ध सरकारी कार्यालयसंग समन्य र सहकार्य ल्याकत राख्छीन् । उनकै पहलमा एकल महिलाको लागि छहारी घर निर्माण भएको छ । घरबाट निकालिएका र समस्यामा परेका एकल महिलालाई संरक्षण दिन छहारी घर निर्माण गरिएको उनले बताइन् । अथक प्रयास पछि एकल महिलाका लागि छहारी घर र कार्यालय निर्माण गर्न सफल भएका छौ,’ उनले भनिन्, ‘जनप्रतिनिधि भएर समग्र महिलाको सेवाको लागि उम्मेदवारी दिएको छु । तपाईको साथ र सहयोगको अपेक्षामा छु ।’
उनले सूर्य ध्वजाबाहक उम्मेदवारलाई मतदान गरि विजयी बनाउन अपिल समेत गरेकी छन् । एमालेबाट उम्मेदवार भएकी उनले विजयी भए राज्यबाट पाउने सेवा, सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा लगाउने अठोट गरेकी छन् ।
। ‘मलाइ पैसा कमाउनु छैन् साचेर राख्नु पनि छैन् ’उनले भनिन् ,‘वडाबासीको हरेक सुख, दुखमा मेरो साथ र सहयोग गर्न चाहन्छु’

 

  • २६ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech