७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
चर्चामा चमेली ,राप्ती सोनारीको उपाध्यक्षकी उम्मेदवार
  • न्युज डेस्क

    २४ बैशाख २०७९, शनिबार

(नेपालगन्ज )
चमेली बाकाबल उनको उमेरमा सहपाठि पढेर जागीरे भइसके । उनलाइ जागिरको रहर कहिले लागेन् । समाजसंग भिजेर काम गर्न रुचाइन् । गाउ समाजमा हुने बिभेद असमानता लाइ अन्त्य गर्दै सुन्दर समाजको निर्माणमा लागिन् । उनै चमेली बाकाबल आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको राप्तिसोनारी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार छन् ।
राजनितीमा निकै पाकि नभएपनि उनको उर्जा अनि साहस लाइ पाटिले सम्मान गरयौ ।
२०६२÷६३ जनआन्दोलनमा होमिदै गर्दा राजनिति यात्रा सुरु गरेकी चमेली वाकाबल नेकपा एमालेको बाके जिल्ला सदस्य हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचन मा पनि नेकपा एमाले बाट राप्तिसोनारी गाउँपालिकाको उपाध्यक्ष पद मा उम्मेद्बार बनेकी उनी त्यतिबेला थोरै मतले पराजित भइन् ।
राप्तिसोनारीको भबिष्य सुरक्षीत गर्न अहिले उनि घरघर पुगेर जनता संग मत माग्दै छीन् । ‘जनताको सेवा अनि कर्ममा बिश्वास गर्नेहरु कहिले हार खादैनन् उनले भनिन् , ‘जनताले मतको बिशवास दिनुहुन्छ भन्नेमा बिश्वस्त छु’

उनि अध्ययन् संगै राजनितिक यात्राको थालनी गर्दै २०६५सालमा अनेरास्ववियुको ईकाइ कमिटीको उपाध्यक्ष भएर आबद्ध भएकी हुन्। २०६५सालदेखी विद्यार्थी संगठनमा आबद्ध हुदै २०७१ सालमा पार्टीको गाउँ कमिटीको सचिव हुदै निर्वाचन क्षेत्र १ क को सचिव राप्तिसोनारी ६ को पार्टीको वडा इन्चार्ज हुँदै उनको राजनिती यात्रा अगाडि बढेको हो । उनि विभिन्न संघ सस्थामा रहि काम गर्दै समाज सेवा गर्दै आएकी छिन्
चमेली स्कुल पढ्दा देखिनै बुवाआमा र शिक्षकको प्रेरणाले राजनितिमा लागेकी हुन् । राजनितिमा महिला सहभागिता बढाउनका निम्ती महिला स्वयमको अग्रसरता र पाटिले महिलालाई अवसर दिएमा नेतृत्व बिकास सम्भव हुने धारणा राख्छीन् ।

कक्षा ११ मा अध्ययन गर्दा देखी नै राजनिती क्षेत्रमा प्रवेश गरेकी चमेलीले शिक्षामा स्वास्थ बिषयबाट स्नातक गरेकी छिन् ।
उनले राजनीतिमा पाइला टेटेको १५ बर्ष भयो । विगतको तुलनामा अहिले महिलालाई राजनिती गर्न केहि सजिलो छ । ‘घर खर्च जुटाएर राजनीति गर्दै आएकी उनि जनताको दुखंसुखंमा संगै छन् ।’चमेलीले भनिन् ,‘ बिभिन्न सस्थामा काम गर्दै आर्थिक जुटाएर राजनिती गरेकी हु।’
राजनितिमा लागेर २०७४ सालला पहिलो पटक एकैचोटी स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदको टिकट पाउँदा उनले हार ब्यहर्नुपरयौ । तर उनि त्यो हार बाट बिचलीति भइनन् ।
‘मैले कहिले हार महसुस गरिन दिनरात पाटी अनि जनताको सेवामा खटिनै रहे त्यसैले मेरो कामको उचित मुल्यांकन गरि पाटिले पुन मलाई गाउपालिकाको उपाध्यक्षमा उम्मेदवार बनाएको हो ’उनले भनिन् ,‘यो पटक मतको बिश्वास बोकेर राप्तिसोनारी बासीको मनमा बस्ने छु ’त्यसैले अबको स्थानीय चुनावमा महिलाका मुद्दा,शैक्षिक क्षेत्र, बालबालिकाका मुद्दालाई बिशेष योजनामा राखेर अघि बड्ने प्रतिबद्धता जनाएकी छन्।
‘म हरेक बर्ग समुदायको प्रतिनिधीत्व गरे जनताको सेवा गर्ने छु ।’उनले भनिन् ,प्रतिक्षामा छु ।मलाइ बिश्वास छ त्यो दिन् आउदै छ ।’

 

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech