१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सर्मपणको एउटा उदाहरण ,शालिन शान्ति
  • न्युज डेस्क

    २४ बैशाख २०७९, शनिबार

नेपालगंन्ज

उनको स्वभाव निकै शालिन छ। शान्त छ । तर उनि बिभेद ,असमानता देखिन भनि अराजक हुन्छीन् । उनको यहि स्वभावले उनलाइ सामाजिक आन्दोलनको अगुवा बनायो ।नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार शान्ति ढकाल राजनीतिमा मा पनि नया खेलाडि होइनन् । उनले आफनो पुरै समय सामाजिक र राजनितीक जिबनमा सर्मपण गरेकी छन् ।
चितवन जन्मथलो भएकी शान्ति ढकाल २०३६ सालको विद्यार्थीबाट आन्दोलन राजनीतिक जीवन सुरु भएको हो।राष्ट्रिय पञ्चायतको निर्वाचमा जनपक्षिय उमेदवार जिताउन सांस्कृतिक टिम रहेर प्रचार प्रसारमा खटेकी थिइन।

२०४४ देखि करिव डेढ वर्ष भारतको हरियाणा राज्यमा एउटा प्यारा सिटामोल कम्पनीमा मजदुरको भुमिकामा रही भारत प्रवासको समेत उनलाइ अनुभव छ ।

‘मैले सर्बहारा मजुदुरका लागि काम गरेकी छु ।जनताकै सेवामा मेरो समय र उमेर बिताए ’उनले भनिन्,यो पटक उपमहानगरकै जनताकै लागि काम गर्ने बिश्वास दिलाउन चाहन्छु आशा त सबै उपमहानगरबासीले मेरो यो बिश्वास लाइ मत बाट सम्मान गर्नु हुने छ ’
२०४५ को अन्त्य तिर स्वदेश फर्की चितवनको माडीबाट २०४६ को जनआन्दोलनमा सहभागी रहिन । २०४७ सालको परिवर्तन पश्चात नेपालगन्ज वसाँई सराई गरि बाँकेको नेपालगन्ज–२० राँझा एयरपोर्ट मनिकापुरमा स्थायी रुपले बसोबास छ ।
एयरपोर्टमा सानो घुम्ती पसल बाट आफनो जिविकोपार्जन गरिरहेकि ढकालले करिव दुई वर्ष मध्यपश्चिम ग्रामीण विकास वैंकमा फिल्ड सहायक पदमा रहेर काम गरेको अनुभव पनि छ । त्यसै दौरानमा २०५२ सालमा विधिवत पार्टी संगठित सदस्यता प्राप्ति सँगै ईलाका कमिटी को सदस्य बनिन्। लगत्तै भएको जिल्ला अधिवेशन बाट जिल्ला कमिटीको सदस्य बन्न सफल भई लगातार तीन कार्यकाल जिल्ला कमिटी सदस्य भएर ईलाका ईन्चार्जको भुमिका निर्वाह गरिन।
भेरी अञ्चल सम्वनय कमिटीमा छिर्न सफल रहेकी शान्ती देवी ढकाल सँग लामो सांठनिक अनुभव छ।
यस बिचमा उनी पार्टीका भातृसंगठनहरु होटल व्यवसायी बाकेको संस्थापक सचिव पनि हुन् । त्यस्तै अ ने म संघको जिल्ला हुदै हाल केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा छन्।
२०६२–६३सालको जनआन्दोलनले ल्याएको परिवर्तनसँगै नेकपा एमालेको पाँच नम्बर प्रदेश कमिटीको सदस्यमा रहेर काम गर्दै आएकि ढकाल हालै चितवनमा सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य तथा बाँके जिल्ला कमिटीको सह इन्चार्ज को भुमिकामा रहेकी छन्।्
परिवार अनि समाजका बिच उनले समाज लाइ रोजीन् । हरेक दुंसुखमा संगै रहीन् । हरेक आन्दोलनको साक्षी मात्र होइन् ।नेतृत्व गरीन् ।
‘जिबनमा धेरै अवरोह आरोह पार गर्दै यो अवस्थामा पुगेकी छु ’घरदैलोमा मत माग्दै हिडेकी शान्तिले भनिन ,‘मेरा हरेक कर्म,मेरो जनता प्रतिको बफादारी मरो लगानि खेरा जाने छैन् भन्नेमा बिश्वस्त छु ’

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech