७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र ः एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

(नेपालगन्ज )
नेपाली काँग्रेस र जनता समाजवादी जसपाको गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र शुक्रबार सार्वजनिक गरिएको छ । उक्त प्रतिबद्धतापत्रमा १२ वटा एजेण्डालाई प्रमुखताका साथ उठाईएको छ । शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवालमा काम गर्ने उल्लेख गरिएको छ ।
शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरुको रहेको प्राविधिक शिक्षालय संचालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । आफु निर्वाचित भए उपप्रमुख पदका उम्मेदवार राईले एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए ।
जनता समाजवादी पार्टी नेपालगन्जका नगर अध्यक्ष श्रवणकुमार यादवको सभापतित्वमा भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक प्रदेश कोषाध्यक्ष अम्बिका काफले लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।
यस्तै कृषिमा नेपालगन्ज उपमहानगरपालिकाभित्रका वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गरिने उल्लेख गरिएको छ । ती वडामा सिंचाइँको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यस्तै भारतीय तरकारी व्यवस्थापनका लागि किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिनेपनि उल्लेख गरिएको छ । महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने भएको छ । अनाथ बालबालिकाहरुको संरक्षणका लागि उपमहानगरपालिका स्तरबाट बालगृह संचालन गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तै प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति, आधुनिक प्रयोगशालालगायत सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्करुपमा औषधि वितरण र आपूर्तिमा नियमितता गरिने उल्लेख छ ।
कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले सम्बृद्ध नेपालगन्जका लागि राईसंग मिलेर काम गर्ने भन्दै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जिताउन अपिल गरे ।
यसअघी गठबन्धनका तर्फ नेपाली काग्रेस बाट मेयरका उम्मेदवार प्रशान्त बिष्टले नेपालगंन्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ५ बर्ष ५ संकल्प सार्बजनिक गरेका थिए ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech