१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
जानकीलाई औद्योगिक करिडोर बनाउँछु हिमान्शु यादव
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

नेपालगन्ज – जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुन । यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन् ।  जिल्लाको सबै भन्दा धेरै ठुला उद्योगहरु भएको पालिकालाई समृद्ध बनाउने अठोट सहित यादव चुनावी घरदैलोमा छन् । यादवले जानकी गाउँपालिकालाई पश्चिमकै ठूलो औद्योगिक करिडोर बनाउन पूर्वाधार निर्माण गर्ने बताएका छन् ।

स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । अध्यक्ष पदका प्रत्यासी यादब जनताको मन जित्दै घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।
अध्यक्षका प्रत्यासी यादवको दैनिकी जिवन अचेल बिहानै देखी साँझसम्म जनताको घरदैलो अभियानमा जनतासंग प्रत्यक्ष भेटघाटमा बितिरहेको बताउँछन् ।  अध्यक्षका प्रत्यासी यादब जनताको घर–घर बस्ती बस्तीमा पुगेर र जनतासंग प्रत्यक्ष भट्दै घरदैलो अभियानमा जुटिरहेका छन् ।
अहिले पनि जानकीमा करोडौ लगानीका ठूला उद्योगहरु रहेका छन् । त्यसका लागि पूर्वाधार निर्माणमा आफ्नो पूर्ण साथ र सहयोग रहने उनको भनाई छ ।   नम्र र सरल स्वभाबका हिमान्शुले जनताको समस्या र अपेक्षालाई केन्द्रबिन्दु बनाएर जनताको हितमा पालिकाको बिकास गर्ने बताए । आफ्नो कार्यकालमा सरकारी सेवा सुविधा केही पनि नलिने यादवले प्रतिवद्धता जनाएका छन् ।
  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech