१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
वडामा लोकप्रिय सुनार ,जनताको मन मनमा
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

नेपालगंन्ज
तिलकबीर सुनार वडामा नौलो नाम होइइन् । गाउको दुंखसुखंमा उनि साथमा हुन्छन् ।
तिलकबीर सुनार बाकेको खजुरामा नेकपा एमाले बाट एक्लो दलित उम्मेदवार हुन्
बाकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका तर्फबाट तिलकवीर सुनार वडाध्यक्षका प्रत्यासी छन् । उनी यसअघि पनि ४ का निर्वाचित वडाध्यक्ष हुन् ।
जनप्रतिनिधी कम उनि जनताको सेवक भएर काम गरे । दुखंसुखमा घरदैलोमा पुगे ।।उनले वडामा हुदा गरेको बिकासका कामले जनताले उनलाइ फेरी साथ दिए । जनताबिच लोकप्रिय उनि जनताको घरदैलोमा रमाउछन् ।
उनि आफनो वडामा त्यसै लोकप्रिय भएका होइनन् ।उनले गरेका नमुना कामले वडामा उनलाइ लोकप्रिय बनाएको हो ।
५ वर्षे कार्यकालमा वडामा उनले विकासमा फड्को नै मारे। खजुरा १ नम्बर वडादेखि ई गाउँसम्म सडक फराकिलो पार्दै कालोपत्रे, यसलाई निरन्तरता दिदै, डि गाउँ स्कूलमा मिनी रंगशाला निर्माण, आधारभूत स्वास्थ्य सेवा केन्द्रको निर्माणपछि संचालन, खानेपानी ट्यांकी निर्माण, खेलकुदाका क्षेत्रमा कयौं कामहरु उनले गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार प्रदेश, केन्द्र सरकारको समन्वयमा किरण नाला र पेडारी नालामा पुल निर्माणलगायतका थुप्रै कामहरु भएका छन् ।
दुइ पटक कोभिडको समस्या हुदा आफनो वडामा क्वारेनटाइन संचालन वडाबासीलाई संकटमा राहत वितरण जस्ता काम मात्र नभई भारतबाट आउने वडाबासीको व्यवस्थापनका लागि जमुनाह नाका पुगेर स्थानीयलाई गन्तव्यसम्म पु¥याएर व्यवस्थापन गरेको स्थानीयले अहिले पनि भुल्न सकेका छैनन् ।
युवा संघको जिल्ला संयोजक, केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिसकेको सुनार पार्टीको वडा नम्बर ४ को इन्चार्ज र जिल्ला कमिटी सदस्य छन् ।
खजुरा ४ मा एमालेको पकड राम्रो भएको एमाले खजुराको जित निश्चित छ ।
वडा नम्बर ४ मा गठबन्धनका उम्मेदवार टेक बहादुर रोकाय, राप्रपाका उमेदवार ओपेन्द्रखत्री अध्यक्षका प्रत्यासी छन् ।
अहिले हरेक दिन विहानदेखि साझसम्म मतदाताको घरदैलोमा समर्थकहरु लिएर तिलकविर र वडा सदस्यका उमेदवारहरु पुगिरहेका छन् ।
उनि चुनावी प्रचारका लागि घरदैलो गरिरहेका छन् ।उनी वडालाइ बिकास संग जोडन चाहन्छन् । ‘नजिको स्थानीयतहमा सबै सुबिधा पुरयाउछु । ’सुनारले भने,‘काम गरेर देखाएको छु फेरी पनि मतको बिश्वासले जित्ने छु,’

 

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech