१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
कोहलपुरको समग्र बिकास एकै पटक गर्छु भन्ने भ्रम जनता माझ नफैलाए हुन्छ – भुषाल
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

बाँके- बिकास भन्ने कुरा एकै पटक ह्वात्तै हुने पनि होइन र म एकै पटक समग्र कोहलपुरको बिकास गर्छु भनेर हजुरहरु सामु झुटो आश्वासन देखाउदिन भनेर कोहलपुर नगरपालिका नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार खिल प्रसाद भुषालले घरदैलो को क्रममा भनेका छन् ।

शुक्रबार कोहलपुर नगरपालिका नेकपा एमालेले सुरु गरेको हाइकमाण्ड र उम्मेदवार सहितको घरदैलो अभियानमा कोहलपुर नगरपालिकाको दुर्गम वडा वडा नम्बर ७ रजगढवामा घरदैलो अभियानका क्रममा मेयर पदका उम्मेदवार भुषालले आफुले जनतालाई अरुले जस्तो लोभ लालच र झुटो आश्वासन दिएर भोट नमाग्ने गरेको बताए।
उनले त्यहाँका स्थानिय जनता समक्ष वडामा भएको सबै टोलको बिकास चुनाव जित्ने बित्तिकै गर्छु भनेर हजुरहरुसङ्ग भोट माग्नु भनेको हजुरहरुको अपमान गरे जस्तै हो भने उनले केही बर्ष पहिले यहाँ विद्युतको अभाव , सडकको अभाव खोलामा पुल नहुदा वारिपारी गर्न समस्या हुने गरेको अहिले भने केहि सहज भएको बताउदै आफुले यस वडामा आफ्नो कार्यकाल भित्र ग्राबेल नभएको धुलेबाटोमा ग्राभेल र ग्राभेल भएको बाटोलाई बिस्तारै बिस्तारै पिच गर्दै लैजाने र यसबडा भित्र भएका सरकारी स्कुलको स्तरोन्नति गर्ने र कृषि मा लागेका किसानललाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने आफुसङ्ग योजना भएको बताए। र उनले स्थानिय समक्ष कसैले त्यस्तो रातारात हजुरको वडाको बिकास गर्छु भनेर भोट मागे त्यो भ्रमित कुरा हुने बताउदै आफ्नो स्वबिबेक प्रयोग गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech