१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
बैश्यले गरे आफ्नो तलब भत्ता समाजिक कार्यामा खर्च गर्ने उदघोष
  • न्युज डेस्क

    २२ बैशाख २०७९, बिहीबार

(नेपालगन्ज)
नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनी नगरपालिकाको मेयर पदको उम्मेदारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन ।
उनले आफुलाइृ कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्य दिनभरी वडाको टोल टोलमा गएर कोण सभा गर्दै जनता सँग भेट गरेका थिए । कोण सभाकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १५ मा कोण सभा गर्दै जनताहरुलाई भेट घाट गरे र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनले नगरपालिकाको मयर पदमा जित्न सफल भए भने वडा नंं १५ मा ईदगाह र सम्सान घाट समेत निर्माण गर्ने प्रतिबद्धता वैश्यले गरे ।
उनी सँगै प्रचार प्रसारमा हिडेका राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका पुर्व निवर्तमान मेयर धवल शम्शेर राणाले मेयरका उम्मेदवार मध्य नन्दलाल वैश्य उत्तम रहेको बताए । उनले आफुले ५ बर्षमा विकास गर्न नसकेको र बाँकी रहेको विकास नन्दलाल जितेविकास गर्ने प्रतिबद्धता समेत गरे ।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech