१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
कार चालक थापा कारागार चलान 
  • न्युज डेस्क

    २२ बैशाख २०७९, बिहीबार

 

(नेपालगन्ज)
चैतको अन्तिमसाता कारले किचिएर नेपालगन्जमा एकै घरमा बस्ने तीन जनाको मृत्यु भएको घटनाका आरोपीलाई बाके जिल्ला अदालतले बिहिबार पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
कार चालक नेपालगन्ज–१० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । बाके जिल्ला अदालतमा विहीबार भएको थुनछेक बहसमा जिल्ला अदालतका न्यायाधिश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले थापालाई थुनामा पठाएको हो । तिब्र गतिमा गाडी चलाएर किचेर मारेको र सिसिटिभी फोटेज र प्रमाण समेतको आधारमा अदालतले कार चालक थापालाई थुनामा पठाइएको हो ।
मुद्दाको सुनवाईमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यलय बाकेका जिल्ला न्याधिबक्ता बासुदेव शर्मा, सहन्याधिबक्ता दामोदर गौतम, अधिबक्ता द्धय विश्वजित तिवारी र पुनम श्रेष्ठ प्रतिबादीका तर्फबाट वरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह, र गणेश थारुले बहस गरेका थिए ।
गत चैत २७ गते विपी चोक नजिकै थापाले चलाएको कारले ठक्करले सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षिय समिमा इदिसी, ५ वर्षिय बालक मो कासिम इद्रिसी र ५ वर्षिय मोहम्द अली हलवाईको मृत्यु भएको थियो ।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech