७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
चुनाबी मुद्दा बन्यौ लामखुट्टे
  • न्युज डेस्क

    २२ बैशाख २०७९, बिहीबार

नेपालगञ्ज- नेपालगञ्ज अत्याधिक गर्मी हुने सहर हो। यहाँ गर्मीसँगै लामखुट्टेकाे पनि बिगबिगी रहेको छ। यो मुद्दा अहिलेसम्म चुनावी मुद्दा बनेकाे छैन। याे नेपालगञ्जवासीका लागि ठूलो समस्याको रूपमा रहेको छ।

लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफ्लाइटिसजस्ता रोग लाग्ने गरेको छ। नेपालगञ्जवासीका लागि यी रोगहरू साझा समस्याका रूपमा रहेका छन्।

उम्मेदवारहरूले भने यस कुरालाई नजरअन्दाज गरेकाे पाइन्छ। यद्यपि नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाकाे मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले लामखुट्टे नियन्त्रणको मुद्दालाई उठाएका छन्।

मिश्रले लामखुट्टे नियन्त्रण गर्ने र त्यसबाट निम्तिएको जनस्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने रणनीति अघि सारेका छन्।

लामखुट्टे नियन्त्रण गर्नका लागि सरसफाइ अपरिहार्य हुन्छ। नेपालगञ्जलाई सफा सहर बनाउन सक्दा केही हदसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्छ। सफा सहरको योजना मिश्रले अगाडि सारेका छन्।

‘इच्छाशक्ति चाहिन्छ यो काम गर्न‍। हामीसंँग त्यो इच्छाशक्ति छ। ढुक्क हुनुहोस् हामी त्यो काम गर्छौँ’, मिश्रले भने।

कुनै उम्मेदवारले नउठाएको मुद्दा उठाएपछि मिश्र चर्चामा आएका छन्। ठूल्ठूला मुद्दालाई उठाएर तछाडमछाड गरिरहेका उम्मेदवारले ओझेलमा परेको यो ठूलो समस्यालाई अगाडि सार्नुपर्नेमा स्थानीयको भनाइ छ।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech