४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
शान्त नरैनापुर ,निर्वाचन आचारसंहिता पालनामा अब्बल नरैनापुर
  • न्युज डेस्क

    २२ बैशाख २०७९, बिहीबार

 

(नेपालगन्ज)
निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । तर नगरमै ठूला राजनीतिक पार्टीले नै आचारसंहिताको व्यापक उल्लंघन गरेका छन् । सार्वजनिक स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाउने भनिए पनि त्यसको पालना भएको देखिदैन् । ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थललाई दलहरुले प्रचारको थलो बनाएका छन् ।
नगरमा निर्वाचन आचारसंहिता उल्लघंन गरेपनि दुर्गम मानिएको नरैनापुरमा कुनै दलको झण्डा देखिदैन् । बाटोमा रहेका पससलहरु, सडक ,चोकमा झण्डा अनि ब्यानरको के कुरा चुनाबी चहलपहल पनि छैन् ।
अधिकाशं समुदाय कृषिमा जोडिएकाले उनिहरु आफनै काममा ब्यबस्त छन् । न माइकिगं छन् नत गाडी गुडिरहेका छन् । सडक सुनसान झै देखिने नरैनापुरमा उम्मेददारहरु घरदैलो मै पुगेर मतदाता रिझाउन ब्यस्त छन् ।
सबै आफनै काममा ब्यस्त हुन्छन् हामिलाइ आफनै कामले फुर्सद हुदैन् , स्थानिय पुत्तन अलि दर्जिले भने ,‘हाम्रो गाउमा नेता कम छन् जनता धेरै छन् ’
नरैनापुर स्थीत निर्वाचन अधिकृत रेशम आचार्यले आचारसहिता पालना गर्न दलहरुले देखाएको सहभागिता सकारात्मक भएको बताए ।सबै दलहरु सम्मान रुपले प्रचारमा लाग्नुभएको छ यसमा मतदाता र निर्वाचन कार्यालय दुबैलाइ सहयोग पुगेको छ ’उनले भने, ‘दलहहरुले आफनो प्रतिबद्धता कायम गर्नुभएको छ ’
६ वडा रहेको नरैनापुरमा मुस्लीम समुदायको बाक्लो बस्ती छ । यहा ठुला देखि साना दलगरी एक सय ८७ जना उम्मेदवार चुनाबि प्रतिस्पर्धामा छन् ।

 

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech