१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
‘बिन्दु’जो भाषणमा होइन् काममा बिश्वास गर्छीन्
  • न्युज डेस्क

    २२ बैशाख २०७९, बिहीबार

नेपालगंन्ज

बिन्दु उनको नाम जति सरल छ । त्यो भन्दा उनको स्वभाव नम्र छ ।
जब उनि भातीय सेना परिवारमा बुहारी भएर भित्रीन ।परीवारमा सबै जागीरे । सेनाको परिवाार अनुशासन र धैर्यतामा निकै चाहिने। तरपनि परिवारको सहयोग उनले पाइन ।
बिहे गरेपछि उनलाइ आफै केहि गरु भन्ने सोच पलायो । बिहे नगर्दै ब्यापार लाइ बुझीसकेकी बिन्दुले बिहे गरेर श्रिमानको घर आएपछि फेरी ब्यबसायलाइ सुरु गर्ने योजना बुनीन ।
बुवाको सपना अनि आफना लागि अवसर को मार्ग तयार गर्न उनले चाउमीन उद्योग संचालन गरीन । आफनो लगनशिलताले ब्यापार लाइ उकासीन ।
त्यसपछि उनले फुल ब्यबवसायमा राम्रो अवसर देखेर पुष्प ब्यबसायमा हात हालीन् ।
नेपालगन्जको लागि बिन्दु चर्ती मगर नौलो नाम होइन । धेरै महिला उद्यमीहरुले उद्यमी बिन्दुको नामले चिन्छन त कतिले बिन्दुलाई पुष्प व्यवसायीको नामले चिन्ने गर्छन् ।
उनले गरेका सामाजिक कामले उनलाइ संघसंस्था संग पनि जजिक बनाएको छ ।
अनेक संघ–संस्थासँग आवद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी चर्तीमगरलाई चिन्ने अनेकन उपमाहरु छन् ।
। पुष्प व्यवसायी चर्ती मगर महिला उधमीहरुको लागि एक प्रेरणाको स्रोत हुन् भने दिनदुखिका लागि सहारा पनि हुन् ।
जिबन धान्न का लागि व्यवसाय गरीरहेकी बिन्दु राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । त्यसैले उनि राजनिती मार्फत महिला ससत्तीकरणका लागि काम गर्ने उदघोष गरेकी छन् ।
चर्तीमगर आसन्न वैशाख ३० गते हुने नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनमा राप्रपाबाट उपमेयर पदमा प्रत्यासिको रुपमा उभिएकी छिन् ।
राप्रपाकै डा.धवल समशेर राणाले २०७४ को स्थानीय निर्वाचनमा जित हासिल गरेको स्थानीय तह भएकाले पनि राप्रपालाई गतिलो उम्मेदवार दिनुपर्ने चर्को दबाबका बिच राप्रपाले बिन्दुलाई नेपालगन्जको भाबी उपमेयरको रुपमा प्रस्तुत गरेको हो ।
राप्रपाको ईलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गरेकी चर्ती मगर नेपालगन्ज नगरमा जहाँ–जहाँ चुनावी अभियान लिएर भोट माग्दै जान्छिन्, त्यहाका नगरबासीको अथाह माया र आशिर्वाद पाएकी छिन् ।
व्यवसायमा नयाँ आउने महिला उधमीदेखि लिएर केही गर्ने जोश र भिजन लिएर व्यवसायमा छिर्ने महिला दिदिबहिनीको लागि प्रेरणा बन्दै स्वरोजगार बन्न प्रेरित गर्ने चर्तीमगर सबैको ‘बिन्दु दिदी’ बन्ने गरेकै कारण उनको चुनावी माहोल विपक्षी भन्दा धेरै अगाडि रहेको नगरबासीको बुझाइ छ ।
राजनीतिज्ञ भन्दा समाजसेवीको रुपमा परिचय बोकेको कारण पनि नगरबासी चर्तीमगरलाई जित निश्चित रहेको बताउछन् । भाषणमा भन्दा काममा बिशवास गर्ने उनलाइ उपमहागरकाबासीको आवश्यकता लाइ पुरा गर्ने संकल्प लिएकी छन् ।
नेपालगन्जलाई ‘ग्रीन एण्ड क्लिन’ शहर बनाउने सपना लिएकी चर्तीमगरले अति बिपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लाग्ने योजना रहेको बताउँछिन् । उसो त चर्तीमगरले व्यवसायिक जिवनमै धेरै महिलालाई उद्यमी बन्न प्रेरित गरेको र उधमी बनाउन विभिन्न तालिमहरुको आयोजना गरेर सफल बनाएका उदाहरणहरुको कमी छैन ।
राजनितीमा उनि पुरानो खेलाडी होइनन् । तर उनले समाजलाइ नजिक बाट बुझेकी छन् । उपमहानगरको बिकासका ठुला योजना संगै श्रमीकका आवश्यकता लाइ उनले प्राथमीकतामा राखेकी छन् ।
‘म भाषणमा बिश्वास गर्दीन् ।मरीेमेटेर काम गर्न सक्छु । ’उनले भनिन,‘म उपमहानगरलाइ राम्रो अनि हाम्रो उपमहानगर बनाउने योजना लिएर आएकी छु ’

 

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech