१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
राप्रपाको प्रतिबद्धता–पत्र सार्वजनिक
  • न्युज डेस्क

    २१ बैशाख २०७९, बुधबार

नेपालगन्ज
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना गर्दै कुनै पनि सेवा सुबिधा नलिएर काम गर्ने राप्रपाले आफनो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धता–पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा सरसफाई, स्थानीय कला, सँस्कृति, धर्म, गरिवी निवारण, सामाजिक सुरक्षा र युवा तथा खेलकुद जस्ता बिषयहरुमा बिषयगत रुपमा काम गर्ने योजना समेटीएको छ ।
राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उममेदवार नन्दलाल बैश्य र उपमेयरमा बिन्दुचर्तिमगर चुनावी प्रतिस्पर्धामा छन् ।
राप्रपाका महामन्त्री धवल शमशेर राणाको उपस्थीतीमा प्रतिबद्धता–पत्र सावर्जनिक गर्दै बैश्यले भने उपमहानगर लाइ औधोगीक हबको रुपमा बिकास गर्न आफनो पहल रहने सुनाए ।
राप्रपा बाट उममेयरकी उम्मेदवार बिन्दुचर्तिमगरले उपमहानगर महिलाहरुका लागि सुरक्षीत शहर बनाउन आफनो पहल रहने बताइन् ।
वैश्य र चर्तिमगर लामो समयदेखि नेपालगन्जमा सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन् ।उपमहानगरमा गठबन्धनका तर्फ बाट मेयरका उम्मेदवार प्रशान्त बिष्ट उपमेयरका उम्मेदवार कमरुद्धीन् राइ प्रतिस्पर्धामा छन् भने नेकपा एमाले को तर्फ बाट मेयरमा पशुपतिदयाल र उपमेयरमा शान्ति ढकाल चुनाबी दौडमा छन् ।

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech