१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
बाँकेमा ८६ बर्षिय उम्मेदवार
  • न्युज डेस्क

    २१ बैशाख २०७९, बुधबार

नेपालगन्ज
हातमा सलाइनपानी चढाएको क्यानुला थियो । उनलाइ मंगलबार नरैनापुरमा भेटन जादा उनि घरदैलोमा ब्यस्त थिइन् । लौरो टेक्दै एक्लै भोट माग्दै घर घर पुग्दै थिइन् । माओवादी केन्द्र बाट नरैनापुर गाउपालीका स्थीत वडा नं २ बाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी ८६ बर्षिय सुधरी चमारिन घरदैलोले गलेकी थिइन् ।
चर्काे गर्मीमा दिभर हिडदा उनि एक्कासी ढले पछि सलाइन् पानि चढाउनुपरयौ । ‘जनता संग भोट नमागी भएन् घर घर पुग्नुपरर्यो ’उनले भनिन्,‘पाटिले त पत्यायो जनताले पत्याउने बनाउनु पर्ने छ । ’
अहिले उनको उमेर धेरै हिडडुल गर्ने छैन् तर निर्वाचन नजिकिदै गर्दा आपनो पक्षमा मतदान गर्न वडाबासी संग पुग्नुपर्ने बाध्यता छ ।
८६बर्षको उमेर भएपनि उनको स्वभाव हक्की छ उनि ८६ बर्ष झै लाग्दीनन् ।
आखाले कम देख्ने भएपनि उनि निर्धक्क आफना कुरा राख्ने गर्छीन् ।आफनै बलबुतामा जिबन निर्भाह गरीरहेकी छन् । ‘छोरा भएर पनि छोराले केहि काम गर्दैन् ’उनले भनिन् आफनै श्रममा बाचेकी छु । ’
बाकेको कर्णाली भनेर चिनीने नरैनापुरको बिकट गाउ लक्ष्मणपुरमा उनको घर छ । जुन बस्ती साघुरो गल्लीमा छ । मुस्कीलले गाडिहरु छिर्ने गर्छन् । नालीका बिचम बनेका फुसका घरहरुका बिचमा चमारिनको घर छ । जहा उनका छोरा बुहारी अनि पति संग उनि बस्ने गर्छीन् । ‘वडा कस्तो छ कस्तो बिकास भएको छ देखिहाल्नुभयो ।’ उनले भनिन् ,‘टिनको घर बनाइदिन्छु भन्दै सरकारले भन्यौ अझै हामी फुसका घरमा छौ ’
थोरै जग्गामा खेतीपाती गरेर उनको परिवारले जिबिका चलाइरहेको छ ।
गरीब बिपन्न परीवारकी उनलाइ वडा सदस्यमा पुगेर ठुलो काम गर्ने रहर छैन् । भोको लाइ खान दिन पाउ । दुखी लाइ साहेता गर्न पाउ उनका मुद्घा यती मात्र छन् । उनि राजनितीको अंकगण्ीत त्यति बुझदीनन् । तर जनताले खोजेको बेला काम गर्ने नेता जनताले खोजीरहेको उनको बुझाइ छ ‘गरीब दलितका लागि कोही उभिदैनन् । उनले भनिन् ,‘अझै हामि दलित मान्छे पनि हुन पाएका छैनौ ’
वडा नं २मा दुइ हजार ७सय दश मतदाता छन् । जसमा ४० घर दलित समुदायका छन् ।

‘गरीबका कुरा मजदुरका कुरा दलितका कुरा कसैले सुन्दैनन् ’ उनले भनिन् , ८६ बर्षिय चमारिनले भनिन् ,हो म त्यस्तैका कुरा सुन्न् वडामा पुग्न चाहन्छु ’
एकातिर सबैको घरमा पुग्नु पर्ने बाध्यता छ अर्काे तिर पानि र भाडा छोइन्छ की भन्नेचिन्ता पनि उनलाइ छ ।
‘कतिले यो चमारीन् लाइ किन भोट दिने पनि भन्छन् तालि र गालि सुन्दै घरदैलोमा पुग्छु’ उनले भनिन् ,‘कोही कोही भाडा छोइयो घर भित्र चमारिन पसि भनरे रिसाउछन् त्यस्तो घरमा पर्चा छोडेर आउछु’

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech