१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
नेपालगंन्ज गठबन्धन द्वारा पाच बर्षका लागि पाच संकल्प सार्वजनिक
  • न्युज डेस्क

    २१ बैशाख २०७९, बुधबार

नेपालगन्ज
नेपालगंन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
नेपाली काग्रेस बाकेले नेपालगंन्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ५ बर्ष ५ संकल्प सार्बजनिक कार्यक्रममा आफनो राय सुझाव निलिएको भन्दै गठबन्धनमा रहेका अरु दलहरुले भने गुनासो पोखेका छन् ।
उपमहानगरको गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष अशोक कोइरालाले यो प्रतिबद्धता बनाउन आफुहरुको सुझाव नलिएको भन्दै आक्रोश पोखे । ‘यो काग्रेसको मात्र घोषणा पत्र होइन् गठबन्धनमा रहेका सबैको हो। ’उनले भने, ‘वडाहरुमा गठबन्धन हुन नसकेपनि उपमहानगरको मेयर उमपेयर जिताउने कुरामा इमान्दार देखाउने छौ।’
नेपाली काग्रेस बाकेले नेपालगंन्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ५ बर्ष ५ संकल्प तय गरेको छ ।
सदभावको शहर ,हरित नगर रिगंरोड सहितको सडक संजाल र पुर्वाधार ,सेवा सुशासन ,सामाजिक न्यायसहितको रुपान्त्रण गरी ५ शिर्षकमा लेखिएको उपमहानगरो घोषणा पत्रमा ५ बर्ष ,५संकल्प उल्लेख गरिएको छ ।
घोषणा पत्रमा उल्लेख गरिएको हाम्रो संकल्पमा शिक्षा ,स्वास्थ्य ,कृषि स्रोत तथा बित्तिय ब्यबस्थापन ,उधमशिलता र रोजगारी ,सामाजिक सुरक्षा कोषदेखि शोक सम्म ,पर्यटन ,वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ,फोहर मैला ब्यबस्थापन सामाजिक न्याय कला र संस्कृति ,खेलकुद सुचना तथा संचार उप शिर्षकमा पाच बर्षम गरीने काम देखाइएको छ ।
पत्रकारिताता बिषयमा एमफिल अध्ययन गर्ने नेपालगंन्जका पत्रकारलाइ बिशेष छात्रकृतिको ब्ययवस्था समेत काग्रेस नेपालगंन्ज उपमहानगरको चुनावी एजेण्डामा समाबेश गरिएको छ ।
५ बर्षमा ५ संकल्प नाम दिइएको घोषणा पत्रमा शिक्षा क्षेत्रमा बिद्यालय छाडने ड्रप आउट बिधार्थी लाइ सम्बोधन गर्ने योजना छ ।
घोषणा पत्रमा बागेश्वरी मन्दिर एकिकृत बिकास कोष स्थापना गर्ने पनि उल्लेख गरिएको छ ।
काग्रेसका सहमहामन्त्री किशोरसिहं राठौर लगायतका माओवादी केन्द्रका नेताले घोषणापत्र सार्बजनिक गरेका छन् ।
घोषणा पत्रकार्यक्रममा काग्रेस र जसपा गठबन्धनका मेयरका उम्मेदवार प्रशान्त बिष्ट उपमेयरका उम्मेदवार कमरुद्धीन् राइको उपस्थीत थियो ।

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech