१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
नेपालगंन्जमा न्यायका लागि कन्सर्ट
  • न्युज डेस्क

    १८ बैशाख २०७९, आईतवार

(नेपालगन्ज)

नेपालगंन्जमा सांगितिक कन्सर्ट कमै मात्रामा हुन्छन् । ति कन्र्सटहरुमा प्राय मानिसहरु झुम्ने गर्छन् । न्यायकोको लडाइमा पिडीत लाइ आत्मबल पुरयाउने गायन बिरलै हुन्छन् । तर शुक्रबारको साझ बेग्लै गियो । ठुला ठुला स्वरमा घन्कीएका ड्रमसेटहरु आनन्दको अनुभुति दिइरहेका थिए । दर्शकहरु बिना थाली संगितको रसमा झुमिरहे ।
दिगो विकास अभियन्ता तथा गायक रोहन रत्न बागचन्दले नेपालगन्जबाट जस्टिस कन्सर्ट सांगितिक अभियानको थालनी गरेका हुन् ।
दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानियकरणका लागि विभिन्न गतिविधि गर्दै आएका गायक रोहन रत्न बागचन्दले विश्वमा बढ्दै गएको विभेद ,हिंसा ,गरिबीका कारण पुनः सबै मानव जातीले न्यायप्रति प्रतिबद्धता जनाउनु पर्ने बताउदै न्यायलाई नदि झै बग्न देउ भन्ने गीतबाट आफनो प्रस्तुती शुरु गरेका थिए ।
नेपाली अंग्रेजी र हिन्दी भाषाका गीतहरु बाट दर्शकलाई मन्त्र मुक्त र भावुक पार्न सफल गायक तथा दिगो विकास अभियन्ता रोहन रत्न बागचन्दले जहाँ छन बुद्धका आँखा, बब मार्ली गेट अप स्ट्यान्ड अप, नारायण गोपालको तिम्रो जस्तो मुटु मेरो गीत गाएका थिए ।
आफनो एकल सांगितिक प्रस्तुती समापनका क्रममा महात्मा गान्धीको मनपर्ने भजन वैष्णव जन भन्ने भजन गाएर समापन गरेका थिए ।
सर्वोच्च अदालतका न्यायधिस प्रकाश कुमार ढुँगाना, न्यायधिसहरु, न्याय पालीकासँग सम्बन्धित व्यतित्व, वकिल, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, न्यायिक समितिका पदाधिकारी, मानव अधिकारकर्मी र पत्रकार गरी करिब सय जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमका परिकल्पनाकार प्रभाकर बागचन्दले संगीतले मानिसमा न्यायको भोक पैदा गर्ने मात्र होईन् एकले अर्काको पिडा महसुस गर्ने क्षमता विकास गराउन मदत पुग्ने जस्टिस कन्सर्ट आवश्यक भएको बताए ।

आयोजक सूचनाको हकका लागि राष्ट्रिय महासंघका तर्फबाट अधिवक्त एवम अभियान्ता विश्वजीत तिवारीले यस जस्टिस कन्सर्टलाई अभियानको रुपमा महासँघले ७६ जिल्लामा आयोजना गर्ने जनाएको छ ।

 

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech