१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
बाँकेकाे ८ वटै पालिकामा घरदैलो कार्यक्रम तिव्र
  • न्युज डेस्क

    १८ बैशाख २०७९, आईतवार

नेपालगन्ज–ः बाँकेकाे ८ वटै  पालिकामा नेकपा  एमालेले घरदैलो कार्यक्रम तिव्र पारेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर घरदैलो कार्यक्रम तिव्र पारेको हो । नेकपा एमाले आठ वटै पालिका घरदैलोमा सक्रियाता देखाउदै दैनिक विहानैदेखि राती अबेरसम्म नेपालगन्ज मेयर,उपमेय  प्रमुख, उप्रमुख   पदका उम्मेद्वार देखी वडा अध्यक्ष, वडा सदस्यको टिम सहित जनता कैै घरदैलोमा व्यस्त हुन थालेका छन् ।                                                                                                                  नेपालगन्ज उपमहानगरपालिकाको वडा वडा, गाउँ गाउँ, टोल टोलमा नेकपा एमालेका नेपालगन्ज मेयर पद्का प्रत्यासी पशुपति दयाल मिश्रा,उपमेयर शान्ति ढकाल पदका प्रत्यासी देखी वडा अध्यक्ष, वडा सदस्यको टिम एमालेलाई जिताउन स्थानियवासीसंग दैनिक प्रत्यक्ष भेटघाट गर्दै घरदैलोमा व्यस्त देखिन थालेका हुन् ।
नेपालगन्ज एमालेमय बन्दै गएको छ ।                                                         एमालेको क्रेज देखेर बिभिन्न दलका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेलाइ रोज्न थाली सकेका छन् । घरदैलोले नेपालगन्जवासीमा एमालेप्रति सकरात्मक प्रभाव पार्दै नेपालगन्जवासी मेरो वडा म जिताउछु, हाम्रो पालिका हामि जिताउछौ भन्ने अभियानका साथ घरदैलोमा जुटिसकेका छन् । नेपालगन्जका २३ सै वटा वडा बिजय गराउन नेकपा एमालेका नेता तथा कार्यकर्ता जनता संग प्रत्यक्ष भेटगाट तथा घरदैलो तथा अभियानमा व्यस्त हुन थालेका हुन् । नेकपा एमालेको सक्रियता देखेर नेपालगन्जका जनताहरु समेत घरदैलोमा जुटिसकेका छन् ।   

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech