१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
मतदाताको उत्साहले थप उत्साहित एमालेका उम्मेद्बार ।
  • सरला सुवेदी

    १८ बैशाख २०७९, आईतवार

बाँके-  बैशाख ३० मा  हुने स्थानीय तह निर्वाचनमा राप्तिसोनारी गाउँपालिका अध्यक्ष रामदास थारु उपाध्यक्ष पदकी उम्मेद्बार चमेली वाकाबल गाउँपालिकाका ८,९ र २ नम्बरका वडा अध्यक्ष र सदस्य सहितको घरदैलो अभियानलाई तीव्र पारेको छ । चुनावी अभियानलाई तिब्र पारेसँगै मतदाता उत्साहित भएका छन् । राप्तीसोनारी गाउँपालिका भौगोलिक बनावटले एकदमै दुर्गम पालिका हो। जहाँ एउटा वडा वाट अर्को वडा पुग्न निकै कठिन हुन्छ। चुनाव नजिकै आउँदा उनी पुग्न नसकेका ठाउँका मतदाताले एकछिन भएपनि आइदिनु पर्यो भनेर बोलाउने गरेको नेकपा एमाले राप्तिसोनारी गाउँपालिका अध्यक्ष एवम् चुनाव प्रचारप्रसार कमिटी संयोजक मनोज केसिले बताए ।                                             

यस्तै अध्यक्ष पदका उम्मेद्वार रामदास थारुले समय थोरै भए पनि सवै ठाउँका मतदातामाझ अध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्वारहरुलाई लिएर पुग्ने प्रयास गरेको बताए । ‘सवै मतदातामाझ पुग्ने हाम्रो चाहना छ, तर समय छोटो भएकोले कहिँकतै पुग्न नसकिएको होला । जान छुटेको ठाउँका मतदाताले मेरो समस्या बुझिदिनु हुने छ भन्ने मलाई आशा छ,’ उनले भने ।

उनी मतदाता भेट्न आत्तुर छन् । मतदाता भेट्न नपाउँदा उनलाई कता कता नमजा लागिरहेको हुन्छ । मतदातालाई भेट्नकै लागि उनी जम्मा ५घण्टा सुत्छन् । ‘म पुग्न नसकेको ठाउँका मतदाताले फोन गरेर एकछिनका लागि भए पनि आइदिनु पर्यो, हाम्रो कुरा सुनिदिनु पर्यो भन्नुहुन्छ,’ उनले भने, ‘मतदाताको उत्साह देखेर म लगायत एमालेको सिङ्गो टिम नै उत्साहित भएको छु ।’

मतदातामा देखिएको उत्साहले चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘मलाई सवै बर्ग, समुह, जातजाती, धर्मावलम्बीको साथ, सहयोग र समर्थन मिलेको छ । यसले म चुनाव जित्ने सुनिश्चितता गरेको छ,’ उनले भने ।

यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष पदका उम्मेद्बार सोहनलाल थारुले वडाबासिको साथ सहयोग र समर्थनले चुनाव जितेको भान भएको छ। उनले आफू सामाजिक रुपमा सेवा गरिरहेको र फेरि पनि निरन्तर समाजसेवा मा नै लाग्ने बताए । उनले हाम्रो वडा भनेको कृषि र पर्यटनले भरिपुर्ण वडा हो कृषिमा लागेका कृषकलाई प्रोत्साहन र पुरस्कृत गर्ने ढकेरीमा रहेको ढकेरी बनस्पति उद्यानलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्दै राष्ट्रिय पार्क बनाउने, बाँके राष्ट्रिय निकुञ्जलाई जनताको हितमा पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्ने, स्वास्थ शिक्षा खानेपानी सर्वसुलभ बनाउने प्रतिबद्धता गरेका छन् ।

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech