८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
बढैयाताल गाउँपालिकाद्धारा १३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
  • न्युज डेस्क

    १७ बैशाख २०७९, शनिबार

बर्दिया – बैशाष ३० गते आउन अब जम्मा २ हप्ता मात्र बाँकी छ । निर्वाचनको समय नजिकींदै गर्दा तराईको चर्को गर्मीसंगै उम्मेदवारहरुलाई पनि चुुनावी सगर्मी उत्तिकै बढ्दैछ । यसैबीच विभिन्न मतदाताका घरघरमा चुुनावी एजेण्डा लगेर भोट माग्नकोलागी प्राय स्थानमा उम्मेदवारहरुले आफ्नो पार्टीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । यस्तै सार्ववनिक गर्ने क्रममा बर्दियाको बढैयाताल गाउँपालिकाका एमालेका उम्मेदवारहरुले पनि आज (शनिबार) आफ्नो पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

१३ बुँदे प्रतिबद्धता पत्रमा उक्त क्षेत्रको समग्र विकासका कुरालाई समेटिएको छ । गएको पाँच वर्षमा गर्न बाँकि रहेका कामहरुलाई उच्च प्राथामिकतामा राखेर बनाईएको सो प्रतिबद्धता पत्रमा विगतमा उक्त गाउँपालिकामा गरिएको कामका कुरालाई पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका ती बुँदाहरुमा मुख्यगरी किसानलाई बिऊ बिजन वितरण गरिएको कुरा देखि ३० वटा साना ठूला पुलहरु निर्माणसंगै ५० विगाह क्षेत्रफलमा औद्योगिक ग्राम पूर्वाधार निर्माण शुरु भएको कुरा पनि उल्लेख गरिएको छ ।

त्यसैगरी शिक्षाको क्षेत्रमा माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्नेदेखि लिएर ९० प्रतिशत जनताले कोभिड विरुद्धको खोप लगाउन सफल भएको कुरालाई समावेश उक्त पालिकाको ९ वटै वाडहरुमा आधारभूत स्वास्थ्य केन्द्र निमार्ण गरएको कुरालाई पनि सार्वजनिक गरिएको छ । विपन्न परिवारका ४१३ घरघुरीले जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्ण गरको विषयलाई समावेश गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिकहरुको हकमा भने एकल महिलाहरुकालागी ‘एकल महिला छहारी’ घर निर्माण गरिएको कुरालाई पनि उल्लेख गरिएको छ ।

यसरी विगतमा उक्त पालिकाले गरेको कुराहरुलाई ९ बुँदामा व्याख्या गर्दै आज सार्वजनिक गरिएको प्रतिबद्धता पत्रको अघिल्लो पानामा समावेश गरिएको छ । यो संगै उक्त प्रतिबद्धता पत्रमा अबका दिनमा गरिने योजना अन्तर्गत कृषिलाई पहिलो प्रथामिकता दिईएको छ । बर्दिया आफैमा पनि कृषिकोलागी एउटा उर्बरा भूमी भएको हुनाले त्याहाँका किसानहरुले बजार व्यवस्थापनका कुरादेखि मल, बीऊ, कृषि सामाग्रीहरु अनुदानमा उपलब्ध गराईने कुरालाई पनि समावेश गरिएको छ । यसका साथै युवा स्वरोजगार कार्यक्रमलाई पनि प्राथामिकतामा राखिएको छ । उक्त गाउँपालिकामा अध्यक्षकालागी एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठ र उपाध्यक्षमा लक्ष्मि अधिकारी चयन भएका छन् ।

  • १७ बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech