८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
उपमहानगरमा वडा अध्यक्ष र वडा सदस्य सहित ३ जनाको उम्मेदवारी रद्द
  • न्युज डेस्क

    १६ बैशाख २०७९, शुक्रबार

(नेपालगन्ज)                                                              नेपालगन्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका निर्वाचन अधिकृत खडानन्द तीवारीले जानकारी अनुसार नेपालगन्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक र उपमहानगरपालिका वाड नं ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडानं ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।

नेकपा (एमाले) को तर्फबाट मनोनयन गरेका पाठकलाई बैकले कालो सूचिमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगन्जका निर्वाचन अधिकृत कार्यालय तीवारीले बताए। पाठक मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादीं) केन्द्र छाडेर नेकपा (एमाले) प्रवेश गरेका थिए । २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी रित नपुगेका कागजपत्र स्पष्ट नभएको कारण उम्मेदवारी रद्द भएको हो ।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech