१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
अझै पहिचानका लागि सर्घष
  • रूपा गहतराज

    १५ बैशाख २०७९, बिहीबार

(नेपालगन्ज)

नेपालगन्ज उपमहानगरपालीका वडा नं १२ मा चिडिमारको बाक्लो वस्ती छ ।चरा मारेर जीविकोपार्जन गर्ने बाँकेमा मात्र रहेको लोपोन्मुख सीमान्तकृत समुदाय आफनै पहिचानका लागि सर्घषरत छन् ।
चिडिमारहरुलाई सरकाले लोपोन्मुख दलितको सूचीमा सूचिकृत गरेको छ । तर उनिहरु जनजाति भएको दावि गर्दै आएका छन् । अहिले उनिहरु दलितको सूचीबाट हटाउन सम्वद्ध सरोकारवालासंग माग गरीरहेका छन् ।

६० वर्षिय अगुवा हौसीराज चिडिमारले एनजियो आइएनजियो र भत्ताको आडमा आफुहरुलाई दलितको सुचिमा राखीएको भन्दै उनले बताए ।
‘हामि दलित होइनौ ,जनजाती हौ’ ।उनले भने ,‘हाम्रो पहिचाननै हरायो’ ।सवैभन्दा ठुलो पहिचान भएको भन्दै चिडिमार समुदायका युवायुवति, वुढापाका सवै यसै विषयमा केन्द्रित भएका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालीका वडा नं १२ मा चिडिमार समुदायको वाक्लो वसोवास छ । त्यस्तै, जानकी गाँउपालीकाकाको करमोहना गाँउमा २÷४ घर मात्र चिडिमारका छन् । जिल्लामा करीव १२ सयको संख्यामा चिडिमार छन् । तर गएको निर्वाचनमा ३ सय ६६ जनाले भोट गर्ने अधिकार पाएका थिए । झण्डै ४ दशक अघि चरा मारेर जीविकोपार्जन गर्दै आएको यो समुदायमा अहिले धेरै परीवर्तन आइसकेको छ । तर सोचेजस्तो परीवर्तन अझै हुन नसकेको यस समुदायका अगुवाहरु बताउछन् ।

पिछडिएको समुदाय भएकाले यहँ शिक्षाको समेत अझै अभाव छ । यहाका बालबालीकाहरु केहि समयदेखी मात्र नियमीत विद्यालय जान थालेको वडा नं १२ अध्यक्ष बुद्धिसागर सुबेदीले बताए ।
पछिल्लो समय चरा मार्न सरकारले नै प्रतिवन्ध लगाएपछि व्यापार, व्यवसायदेखी मजदुरीका काम उनिहरुले गर्दै आएको रामु चिडिमारले बताए ।
‘चरा मार्ने पेशा मार्न प्रतिवन्ध गरेपछि अहिले आएर खेतीपाति, मजदुरी, रीक्सा चलाउने, गाडि, रीक्सा मर्मत काम गर्छन् ।
चिडिमार जातको सुरुवात भएको विषयमा उनले आफ्नो अनुभव यसरी सुनाए । “त्यतिवेला मैले हजुरवुवासंग अरुले खेत जोत्ने आफुहरुले किन यो काम नगरेको भनेर प्रश्न गरे । तर हजुरवुवाले आफूहरुलाई एक जनाले दुःख दिएकोले हलो जोत्न नसकेको बताए । त्यतिवेला राणा शासन थियो । नेपालगन्जका राजा राणा स्नेहा होटेलमा वस्थे । उनिहरुले जवरजस्ती चरा मार्न लगाउथे । नगए वेस्सरी पिट्थे । त्यो समयमा महादेव, रघुविर, कंगाई, कठौरा, सैवेली लगायतका युवाहरुलाई चरा मार्न लैजान्थे । साँझ फर्किदा उनिहरुको हातखुट्टा सुजन भएर सुन्नीएका देखीन्थे । टाउकोका रौहरु झरेका देखीन्थे । यस्तो राणा शाशकको थिचोमीचो किन सहेको भनेर हजुरवुवालाई सोध्दा उनिहरु यहँका राजा भएकाले लड्न नसकेको बताउथे ।
त्यसपछि राणा शाशकहरुका कार्यकर्ताहरुले नै ती युवाहरुको जात चिडिमार राखीदिए । त्यो समयमा १ सयको संख्या हुदा १० जनाले मात्र नागरीकता वनाउथे । उनिहरुका नागरीकतामा चिडिमार भनेर राणाहरुले नै लेखीदिए । त्यो समयमा जग्गाको कारोबार मात्र हुन्थ्यो । तर नागरीकता कमैले मात्र वनाउथे । अहिले पनि सवैको नागरीकता छैन । त्यतिवेलादेखी अहिले सम्मपनि चिडिमारले दुःख पाएका छन् ।
त्यतिवेला राम नेपाल भन्ने संस्थाले कपडा दिने, पढाउने, उपचार खर्च दिन्थे तर अहिले दलितको नाम लेखाइदिएकोमा चित्त दुखेको छ । विकासको लागी होला भनेको स्वार्थका लागी गरेको सहयोग रहेछ । हामी अशिक्षित छौ । जनचेतनाको कमी छ । यसको फाईदा अरुले उठाईरहेका छन् । त्यसैले हामीलाई शिक्षा चाहिएको छ । पहिचान चाहिएको छ । हामीहरु जनजाती हो । अगुवाहरुले भत्ता पाउने लोभमा दलितको सुचीमा समावेश गरेका छन् । वरु भत्ता वन्द गराउन हामी तयार छौ तर हाम्रो पहिचान जनजाती हुनुपर्छ । यो हाम्रो माग हो । वडा, प्रदेश या संघले लोपोन्मुख दलीतमा राखेको यो जातीलाई लोपोन्मुख जनजातीमा राख्न पहल थाल्नुपर्छ ।”

उनि भन्छन् – हाम्रो पेशा हो तर जात होइन । के हामीले वाघ मारेको भए बाघमार हुन्थ्यौ ? उनको प्रश्न छ ।
२०६६ सालमा यो समुदायको विकासका लागी चिडिमार समाज गठन भएको थियो । त्यसका अध्यक्ष विष्णु चिडिमार थिए । त्यो समयमा ३ जनाको नागरीकतामा चिडिमार लेखेर चिडिमार जात लेख्न सुरु गरीएको हो । तर त्यो समयमा दलित हो भनिएन । अहिले चिडिमार भनेर हेप्ने गरेकोमा दुःख लाग्ने उनले बताए । आफुहरु दलीत नभएको र राउटे जस्तै लोपोन्मुख भएकाले जनजाती पहिचान दिनुपर्ने उनको पनि माग छ ।

स्थानीय एकादशी चिडिमार अहिले घरमा गृहिणीको मात्रै काम गर्छिन् । उनलाई पुर्खाको काम चरा मार्ने काम पनि आउदैन । त्यसैले अहिले उनिहरु अरुको खेतिपातिको काम गरेर जीविका निर्वाहर गरीरहेका छन् । उनका श्रीमान चन्द्ररामले मजदुरी गर्छन् । उनि मीस्त्रीको काम गर्छन् । यसै कामबाट अहिले उनिकी छोरी १२ कक्षा पढ्दै छिन् । ७० नाघेकी मंगला चिडिमार पनि घरमै वस्छीन् । उनका छोरी मात्रै छन् । छोरीहरु भाडा माझ्ने काम गर्छन् ।
अहिले वडा कार्यालयले महिलाहरु हिंसामा परेको भन्दे मदिरा नियन्त्रण अभियान थालेको छ । त्यसको विकल्पमा महिलाहरुलाई सीलाई कटाई, सानोतिनो व्यापारका लागी सहयोगका कार्यक्रम अगाडि ल्याएको वडाध्यक्ष वुद्धिसागर सुवेदिले बताए । उनले शिक्षाका कारण यो समुदायमा समस्या रहेको बताउदै शिक्षालाई प्राथमीकतामा राखीएको बताए ।
अहिले वडा कार्यालयमा यसै टोलबाट वडा सदस्यका रुपमा चन्दा चिडिमार निर्वाचित भएकि छिन् । आफ्नो समुदायबाट प्रतिनिधित्व भएकाले उनिहरुका लागी विभिन्न योजनाहरु वनाइरहेको उनि बताउछिन् ।

यहाँका युवाहरु प्रगतिपथमा लम्कीरहेका छन् । केहि युवाहरु अझै पनि विहानदेखी साँझसम्म रक्सी खाएर घरमै हल्लिने समस्या रहेको स्थानीय खुसी चिडिमार वताउछन् । स्नातक तह पढ्दै गरेकि उनि केहि युवाहरुले स्नातकोत्तर पनि गरीरहेको बताउछिन् । तर चिडिमार समुदायबाट स्नातक पढ्न आफु पहिलो भएको उनको दावि छ । छोरीहरुको सानैमा विवाह गरीदिने गरेका कारण चिडिमारका छोरीहरुले धेरै पढ्न नपाएको उनको भनाई छ । उनि भर्खर १९ वर्ष पुगीन् ।
वेलासपुरका दिनेश चिडिमारले स्नातक पुरा गरीसकेका छन् । स्नात्तकोत्तर गरीरहेका उनि एम आर हुन् र फार्मेसीमा काम गर्छन् ।
रामु चिडिमार मालपोत अगाडि लेखापडिको काम गर्छन् । उनले १० कक्षा पास गरेर २०६३ सालदेखी मालपोत अगाडि लेखापडिको सेवा दिइरहेका छन् । यो समुदायका केहि युवाहरु भने अहिले पढेर विभिन्न संघसंस्थामा काम पनि गर्न थालेका छन् । यता वडा नं १२ को कार्यालयले जनजातीमा सुचिकृत गर्नका लागी स्थानीहरुको हस्ताक्षर संकलन आवश्यक रहेको बताएको छ । वडाध्यक्ष सुवेदीले हस्ताक्षर संकलन गरेर वडामा आए यसका लागी आफुले पहल थाल्ने प्रतिवद्धता जनाएका छन् ।

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech