२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गर्याे ।
  • न्युज डेस्क

    १३ बैशाख २०७९, मंगलवार

नेपालगन्ज- नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गरेको हो ।

एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत, खजुरा गाउँपालिकाको एमालेतर्फका अध्यक्ष उम्मेदवार सुमन मल्ल, उपाध्यक्षको उम्मेदवार ताजारुन निशा लगायतले संयुक्तरुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

काठमाडौंंको बुढानिलकण्ठ स्कुलको मोडलमा खजुरामा एउटा विद्यालय सञ्चालन गर्ने, माध्यमिक तहका सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, मेरो खजुरा म सफा गर्छु भन्ने मूल नाराका साथ स्वच्छ खजुरा महाअभियान सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ ।

त्यसैगरी ५ वर्षभित्र खजुराका सबै ग्राभेल सडक कालोपत्रे गर्ने, कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने, युवाहरुमा उद्यमशीलताको विकास गर्न २० करोडको उद्यमी युवा घुम्ती कोषको स्थापना गरिने र त्यसबाट ५ वर्षमा २ हजार युवा उद्यमी बनाउने लक्ष्य रहेको छ ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित
  • Nabintech