१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
एमालेका रामदास र चमेली सहित नौ वटै वडा अध्यक्ष र सदस्य ले गराए उम्मेदवारी मनोनयन दर्ता ।
  • न्युज डेस्क

    १३ बैशाख २०७९, मंगलवार

     बाँके- राप्तिसोनारी  बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा रामादास थारु उपाध्यक्षमा चमेली बाकाबल र वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।

सोमबार बाजागाजा र र्याली नारा जुलुस सहित प्रत्येक वडा बाट नेकपा एमालेलाई माया गर्ने नेता कार्यकर्ता र जनताहरु मनोनयन दर्ता कार्यक्रम उत्साहजनक तरिकाले सहभागी भएका थिए। मनोनयन दर्ता कार्यक्रममा प्रदेश सासद आरती पौडेल, जिल्ला कमिटी सदस्य बलराम भट्टराई , नेकपा एमालेका नेता एकनारायण चापागाईं र अनेरास्ववियुका नेता सुमन घिमिरे लगायतको बाक्लो उपस्तिथि रहेको थियो।

राप्तिसोनारी गाउँपालिकाको अध्यक्षमा रामदास थारुले उम्मेदवारी मनोनयन दर्ता गराए भने उपाध्यक्षमा पदमा चमेली बाकाबलले उम्मेदवारी मनोनयन दर्ता गराएकि छिन् । यस्तै वडा अध्यक्षहरुमा १ नम्बर वडाबाट यमबहादुर खड्का, २ नं.  ज्ञानेन्द्रराज वली(ज्ञानु),३ नं. मिनकुमार थारु, ४  नं. नोखबहादुर बुढामगर, ५ नं. बालकराम थारु,६ नं. बनिलाल थारु ,७ नं. बिश्राम थारु, ८ नं. शालिकराम डागी र वडानम्बर ९ बाट सोहनलाल थारुले उम्मेदवारि मनोनयन दर्ता गराएका छन् ।मनोनयन गर्ने पहिलो दिन हिजो र आज गरि एमाले र स्वतन्त्र उम्मेदबार सहित चार दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । ।

 

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित
  • Nabintech