८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
काँग्रेस नेतृ संगिता थारुले उपाध्यक्षको टिकट फिर्ता गरीन्
  • न्युज डेस्क

    १२ बैशाख २०७९, सोमबार

 

राप्तीसोनारी गाउँपालिकाको ९ वटै वडामा मनोमानी तरिकाले टिकट वितरण गरेको भन्दै काँग्रेस नेतृ संगिता थारुले उपाध्यक्षको टिकट फिर्ता गरेकी छन् । राप्तीसोनारीका ९ वटै वडामा काँग्रेस बाँके क्षेत्र नम्बर–१ ले वडाअध्यक्ष र वडासदस्यका लागि टिकट वितरण गरेको थियो । नेपाली काँग्रेस जिल्ला र क्षेत्र नम्बर– १ क्षेत्रीय कार्यसमितिले मनोमानी तरिकाले राप्तीसोनारी गाउँपालिकाको–९ वटै वडामा टिकट वितरण गरेकाले काँग्रेसमा असन्तुष्टी भएको उनको भनाई छ । असन्तुष्टीले काँग्रेसको जित्ने आधार नहुँदा र टिकट वितरणमा मनोमानीले काँग्रेसका विभिन्न ब्यक्तिले पार्टी परित्याग गरी राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुका साथै धेरै ब्यक्तिले बागी उम्मेदवारी दर्ता गराएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएको नेतृ संगिताले विज्ञप्तीमार्फत प्रष्ट्याएकी छन् ।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech