१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
खजुरा प्रमुखका उम्मेदवार मल्लले गरे शानदार इन्ट्री
  • न्युज डेस्क

    १२ बैशाख २०७९, सोमबार

नेपालगन्ज

गलामा फुलमाला निधारमा अबिरको टिका । पञ्चेबाजा सहित सडकमै गित गाउदै नाच्दै एमालेका उम्मेदवारहरु सोमबार खजुरा स्थीत निर्वाचन् कार्यालय पुगे । खजुरा बासीहरु भिडमा आफै उभिए । महिलाहरु नाच्दै पुरुषहरु ताली पिटदै एमाले जिन्दावादको नारा लगाए । मनोनयनको दिन भएपनि माहोल पुरै चुनावको जस्तो देखियो । एमालेले खजुरा गाउँ पालिकामा विशाल प्रदर्शनसहित मनोनयन गरेको छ । अध्यक्षका उम्मेदवार सुमन मल्ल र उपाध्यक्षका उम्मेदवार नजिरा बेगम सहित वडा अध्यक्ष, सदस्यका उम्मेदवारी दर्ता गराए । उम्मेदवारी मनोनयनमा देखिएको सहभागिताले उत्साहित बनाएको अध्यक्षका उम्मेदवार मल्लले बताए ।  खजुरामा सुमनलाइ जिताउ भन्दै नारा लगाए । युवा जमातको ठुलो ताती थियो । युवा माझ लोकप्रिय मल्ल बुढापाकाको हितैशी हुन् । खजुराको भबिष्य सुरक्षीत गर्ने आफनो अभिभारा बोकेको उनले बताए ।


एमालेले नेपालगञ्जमा प्रमुख पशुपतिदयाल मिश्र र उपप्रमुख शान्ति ढकाल, कोहलपुरमा प्रमुख खिलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता चौधरी, बैजनाथ गाउँपालिकामा अध्यक्ष घननाथ खनाल र उपाध्यक्ष प्रेमपूर्ण योगी, जानकीमा अध्यक्ष हिमांशु यादव र उपाध्यक्ष भूमिसरा धिताल, राप्तीसोनारीमा अध्यक्ष रामदाष थारु र उपाध्यक्ष चमेली बाकवल, डुडुवामा अध्यक्ष सरोजकुमारी यादव र उपाध्यक्ष शकील अहमद खाँ तथा नरैनापुरमा अध्यक्ष पदमावती यादव र उपाध्यक्ष पञ्चराम यादव एमालेका उम्मेदवार रहनुभएको छ ।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech