६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
सबै धर्म-सम्प्रदायको समान अधिकार छ: ओली
  • न्युज डेस्क

    ४ बैशाख २०७९, आईतवार

नेपालगन्ज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै धर्म-सम्प्रदायको समान अधिकार रहेको बताएका छन् ।
शनिबार नेपालगन्ज  मुस्लिम  समुदायको रोजा इफतार कार्यक्रममा सहभागी भएका उनले देशको धार्मिक साम्प्रदायिकता कायम रहेको बताए ।

यस क्रममा उनले नेकपा एमालेले मुस्लिम समुदायको समस्या बुझ्नका लागि २०५१ सालमा मदरसा बोर्ड गठन गरेको बताएका थिए । ‘आसपी सहयोग र प्रेमले हामीलाई आपसमा सदभाव बढाउने काम गर्छ,’ ओलीले भने ।
हुम्लाको बृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभाका लागि आइतबार हुम्ला जान लागेका ओली शनिबार नेपालगन्जमा मुस्लिम एत्तेहाद संगठनद्वारा आयोजित इफतारमा सहभागी भएका हुन् । कार्यक्रममा नेता ओली मुस्लिम समुदायको प्रचलित पहिरनमै प्रस्तुत भएका थिए ।

  • ४ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech