१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
नेकपा एमालेले नेपालगञ्ज उपमहानपालिकाको मेयरमा पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
  • न्युज डेस्क

    २९ चैत्र २०७८, मंगलवार

नेपालगञ्ज

नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मिश्र र ढकाललाई मेयर/उपमेयरमा सर्वसम्मत सिफारिस गरेको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जनाए । ‘मेयर/उपमेयरकाे टुंगिएकाे छ । अरू पदमा पनि सर्वसम्मत गराउन काेशिस भइरहेकाे छ’ उनले भने । मिश्र मेयरको उम्मेदवार हुनेगरी १ मंसिरमा हृदयश त्रिपाठीको स्वतन्त्र समूहबाट एमाले प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा उनी सूर्य चुनावचिन्ह लिएर बाँके क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । बाँकेका पुराना राजनीतिज्ञका रूपमा परिचित मिश्रले नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए । मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भई सहमहामन्त्रीसमेत बनेका थिए । राष्ट्रिय जनता पार्टी बन्ने क्रममा त्रिपाठी समूहमा आबद्ध थिए । एमाले नेतृ ढकाललाई पार्टीले उपमेयर दोहोर्याएर उम्मेदवार बनाउन लागेको हो । २०७४ को स्थानीय चुनावमा पनि उनी उपमेयरकी उम्मेदवार थिइन् ।

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech