१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
एउटै घरमा बस्ने तिन जनाको मृत्यु

छोराले आमा गुमाए ,दुइ आमाले छोरा गुमाइन्

  • न्युज डेस्क

    २९ चैत्र २०७८, मंगलवार

फोटो क्याप्सन् ।नेपालगंन्ज स्थीत बिपि चोक स्थीत मामाघरमा छोरा र अनि आमाको अत्यष्टिका लागि पुगेका अजिम इद्रीसीको परिवार लाइ भेटन पुगेका आफन्तहरु ।

 

(नेपालगन्ज )
एक हप्ता देखि मुस्लीम समुदायको रमजान सुरु भयो । नेपालगंन्जमा रोजाको रौनक छ । खानेपरिकार फलफुलले बजार भरीएको छ । सबै जना अल्लाहको प्राथना अनि अर्चनामा ब्यस्त छन् ।
रोजाको महिना पबित्र महिना कामको सिलसिलामा बुटवल गएका नेपालगंन्ज उपमहानगरपालिका ११ सुनार मण्डीका अजिम इद्रीसी आइतबार मात्र घर पुगे ।६ बजे साझ परिवार संगै रोजा तोडे । रोजा तोडे पछि रातको साढे ११ बजे हजुरआमा र नाती घुम्न निस्कीए । अजिमकी आमा ६५ बर्षिय समिमा इद्रसी पाच बर्षिय ठुलो नातीका कसिम लाइ लिएर घुम्न निस्कीन् । साथमा घरबेटी अस्लम अन्सारीका छोरा अलि अन्सारी आमा र सानीआमा हजुरआमा पनि संगै निस्कीए ।
अजिम अस्लमको घरमा डेरा लिएर बस्दै आएका थिए ।
नेपालगंन्जको गर्मी त्यसैमा रोजा दिनभरी प्राथना अनि भोको पेट बसेका उनिहरु पैदल यात्रा गरेर दिनभरको थकान मेटाउदै थिए । आइतबार पौने १२ बजे धम्बोजी देखि भन्सार तर्फ आउदै गरेको कारले ठक्कर दिदा घटना स्थलमा एक महिला दुइ नाबालक सहित तिन जनाको ज्यान गयो ।
दुर्घटनामा एउटै परिवारका हजुरआमा नाति र घरबेटीका छोरा को मृत्यु भयो ।
आमा र छोरा गुमाएका अजिम मृतक छोरा लाइ हेर्न सकेका छैन् । रसाएका उनको आखा लिएर उनि घर बाहिर बसेका छन् । आफन्त अनि इष्टमित्रले भरीएको घर भित्र उनि पस्न सकेका छन् ।
उनि नकसैसंग बोल्न सकेका छन् । कसले कसरी दुर्घटना भयो भन्नेपनि उनलाइ जानकारी छैन् ।
रोजाको महिना पबित्र महिना दिनभरी प्राथना गर्ने गर्ने मेरी आमा आफै अल्लाह संग पुगिन् , अजिमले भनिन् , ‘मैले आमाको काखपनि गुमाए ,पत्नीको काख रित्तो भयो पत्नीको मुख समेत हेर्न सकेको छैन् ’
सानैमा बाबु गुमाएका अजिम लिफट मर्मत काम गर्दै परिवार पाल्दै आएका थिए घरबेटीका छोराको समेत मृत्यु भएपछि उनले आमा र छोराको काजक्रिया गर्न मामाघरमा गराए ।
घरबेटी अस्लम अन्सारी पनि रोजा ताडेर परिवार संगै थिए ।अजिमका परिवार संग अस्लमका पत्नी छोरा,छोरी साली ,सासु घुम्न निस्कीए । तर अस्लमका पाच बर्षिय छोरा अलि घर फर्केनन् ।
आफनै अगाढी छोराको मृत्यु देखेकी अस्लमकी पत्नी अहिले सम्म होसमा छैनन् । एक्लै बरबराइरहन्छीन् । आफन्त अनि इष्टमित्र बाट घेरीएकी उनि छोरा लाइ पुकारीरहन्छीन् । उनका हरेक प्रश्नहरुमा छोरा खोज्छीन् । तर उनको प्रश्नको उत्तर दिन सबै नाजावफ छन् । मृत्क अलि का ठुली आमाले भनिन् , ‘मसीम अन्सारीले भनिन् ‘घरकै चाद रहेन् अब कसरी घर उज्यालो होला । ’
प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको ठक्कर दिने कार सहितचालक नेपालगन्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाइ प्रहरी यिन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।
उनका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगन्ज पु¥याइएको १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
नेपालगंन्जको गर्मी रातीमा सडकमा खेल्ने । पैदल डुल्न हिडने यहाको परम्परा नै छ । दिनभरी ब्यापार ब्यबसाया घर धन्दामा ब्यस्त यहाका महिला पुरुष रातिमा हावा खाने भन्दै घुम्न निस्कीन्छन् । रातीको समयमा सवारी साधन् कम चल्ने भएपछि ट्राफीक प्रहरीको उपस्थीती खासै रहदैन् ।
‘रातिको समयमा दुर्घटना भएकाले सोमबार मात्र पिडितका तर्फबाट उजुरी आएको छ यो सवारी ज्यान सम्बन्धी कसुर हो ’बाकेका डिएसपी मधुसुदन न्यौपानेले भने ,‘कसुर अनुसारको सजाय हुने भएकाले कुन कुन कसुर प्रमाणीत हुन्छ । अनुसन्धान गर्दै छौ’

 

 

 

 

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech