१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
पुरातात्विक संरचनानिर्माणको काम समयमै सक्न मन्त्रीझाँक्रीको निर्देशन
  • न्युज डेस्क

    २३ चैत्र २०७८, बुधबार

काठमाडौं
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्नबागमतीएकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमानिर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्नुभएको छ ।
आजबिहानअनुगमनगर्दैउहाँले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमाथप छलफल गरिने बताउनुभयो । मन्त्रीझाँक्रीले आयोाजनाको कामतोकिएको समयमा सक्न पनिनिर्देशनदिनुभयो ।
मन्त्रीझाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमाआश्रित रहेका परिवारहरुको व्यवस्थानबारे मन्त्रालयले सकारात्मकपहल गर्ने बताउँदै मन्त्रालयको एकल निर्णयले मात्रआश्रित परिवारको व्यवस्थापन गर्न नसकिने बताउनुभयो । उहाँले अन्य सरोकारवालानिकायहरुसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्पखोज्नु पर्ने बताउनुभयो ।


अधिकार सम्पन्नबागमतीएकीकृत विकास समितिकाआयोजनाप्रमुखनवराजप्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्नभइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिनुभयो ।
पुरातात्विक र सांस्कृतिक संरचनानिर्माण गर्नुपर्ने आयोजनाभएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उहाँको भनाई थियो ।
आगामीअसारसम्म आयोजनाको म्याद रहेकाले आफूहरु समयमै काम सक्न प्रतिबद्ध रहेको बताउँदै प्याकुरेलले आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेतागरिरहेकोबताउनुभयो ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित
  • Nabintech