१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
पहिलो पटक अवधी संविधान
  • न्युज डेस्क

    २३ चैत्र २०७८, बुधबार

नेपालगन्ज

नेपालको संविधान २०७२ लाई अवधी अनुवाद गरि प्रकाशनमा ल्याइएको छ । नेपालमा बसोबास गर्ने अवधी समुदायका नागरिकहरुलाई आफ्नै मातृ भाषामा पढन र जान्नका लागि सहज हुने उद्देश्यले नेपालमै पहिलो पटक अवधी भाषामा संविधान अनुवाद गरिएको हो । नेपालको नवलपरासीदेखि पश्चिम बर्दिया जिल्लासम्म बसोबास गरेका अवधी समुदायले उक्त संविधानबाट लाभ लिने विश्वास लिइएको छ ।
डुडुवा गाउँपालिका बाँकेको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपाली संविधानलाई अवधी भाषामा अनुवाद गरि प्रकाशन ल्याइएको हो ।


अनुवादित अवधी संविधानको मंगलबार नेपालगन्जमा एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विमोचन गर्दै अनुवादित संविधानलाई सबैले पढेर आफ्नो ज्ञान र व्यवहारमा कार्यन्वयन हुने बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो –‘संविधानका मौलिक हक अन्र्तगत प्रयोग गरिने विभिन्न अधिकार माग्दा पहिला कर्तत्व्यको पालना गर्नुहोस, अनि मात्र संविधानले सार्थकता पाउने छ, ।’ उहाँले यो संविधानले सबैले संस्कार सिक्नुपर्नेमा जोड दिदै कानूनका बारेमा आफुलाई थाहा भएपछि थुप्रै अधिकारका बारेमा वकालत गर्न सहज हुने बताउनुभयो ।
अवधी अनुबादक शिवप्रसाद पाठकले संविधानको मर्मबारे व्याख्या गर्नुभएको थियो भने अवधी अगुवा पत्रकार विजय बर्माले अवधी संधिानलाई समुदायले अपनत्व गर्ने आधार तथा समुदायको बारेमा जानकारी दिनुभएको थियो ।
विमोचन कार्यक्रममा राष्टिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतले अवधी संविधानबारे आ आफनो धारणा राख्नु भएको थियो ।
अवधी संविधानमा शिवप्रसाद पाठकले अनुवाद गर्नुभएको छ भने, अवधी भाषा विज्ञ विक्रममणी त्रिपाठीले भाषा शुद्धाशुद्धी र राकेश कुमार मिश्रले सम्पादन तथा संयोजन गर्नु भएको छ ।
नेपालको संविधान २०७२ लाई नेपालीबाट थारु र अवधी भाषामा मात्रै अनुवाद गरि प्रकाशन गरि सकिएको छ । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्धारा अनुमती र भाषाका बारेमा नपाल प्रज्ञा प्रतिष्ठानबाट सिफारिस लिई संविधान प्रकाशनमा ल्याइएको छ । बाँके जिल्लाकै डुडुवा गाउँपालिका अवधी भाषी बाहुल्यता रहेकाले अवधी संविधानले कानूनका बारेमा जानकार बनाउने छ ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित
  • Nabintech