८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
बाँकेमा ६ महिनाको अवधीमा २५ जना क्षयरोगीको मृत्यु
  • न्युज डेस्क

    १० चैत्र २०७८, बिहीबार

(नेपालगन्ज)

बँकेमा ६ महिनाको अवधीमा २५ जना क्षयरोगीको मृत्यु भएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २५ जना क्षयरोगीको मृत्यु भएको हो। यो संगै उपचारका लागि सम्पर्कमा नआएका क्षयरोगीको संख्या ठूलो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय, बाकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार एक हजार तीन सय ८६ जना क्षयरोगी उपचारको दायरामा आउनु पर्नेमा ४ सय ९४ जना मात्रै सम्पर्कमा आएको बताए ।

जिल्लामा गतवर्ष ३७ जनाको मृत्यु भएको थियो। ६ महिनामै २५ जनाको मृत्यु हुदा यो वर्ष मृतकको संख्या बढ्ने अनुमान गरीएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा ४ सय ९४ जना क्षयरोगी फेला परेका छन्। गतवर्ष ८ सय ३५ जना नया क्षयरोगी फेला परेका थिए।

सबैभन्दा धेरै नेपालगन्जमा २३८, कोहलपुरमा १४५ र खजुरामा १०७ जना क्षयरोगी फेला परेका छन् । यस्तै राप्तीसोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेला परेको फोकल पर्सन नेपालीले बताए ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा बुधबार सरोकारवाला निकायले नेपालगन्जमा अन्तरक्रिया गरेर सो तथ्यांक सार्वजनिक गरेका हुन्।
कोभिडमा ध्यान केन्द्रित हुदा क्षयरोग जस्तो अरू सरुवा रोगको रोकथाम हुन नसकेको सरोकारवालाले बताएका छन् ।

 

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित
  • Nabintech