३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार
स्वास्थ्यमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट

स्वास्थ्य कार्यालय, बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रथम चौमासिक अवधिको समीक्षा तथा कार्ययोजना गोष्ठी’मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो।

  • न्युज डेस्क

    २५ पुष २०८२, शुक्रबार

नेपालगंन्ज ।

बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा जिल्लामा उत्कृष्ट भएको छ। आर्थिक वर्ष २०८१÷८२ मा स्वास्थ्य सूचकहरुको आधारमा ७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो।

प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी, स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाणपत्रसंँगै सम्मान गरे। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।

स्वास्थ्य कार्यालय, बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रथम चौमासिक अवधिको समीक्षा तथा कार्ययोजना गोष्ठी’मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो।

स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको आधारमा डुडुवाले सबै भन्दा बढी अंक ल्याएर सर्बोत्कृष्ट भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार, मूल्यांकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्तर्गत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो।

जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवा लिन सहज भएको स्वास्थय शाखा प्रमुख चौधरीले बताए।

डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ। अहिले पालिकाका चार वटा स्थानमा निशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदानजस्ता कार्यक्रम गर्दै आएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए।

उनका अनुसार, विपन्न नागरिकलाई आँखा उपचार तथा शल्यक्रियामा सहयोग, नागरिक आरोग्य केन्द्र, हिरिमिनिया, कम्दी र बनकट्टीमा घुम्ती रुपमा गर्भवती महिलाको भिडियो एक्स–रे र बेतहनीमा दैनिक सेवा सञ्चालन, पाँच शैय्याको आधारभुत अस्पताल सञ्चालनको तयारी गरिएको छ।
जिल्लामा जानकी गाउँपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

  • २५ पुष २०८२, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२