१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार
एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक
  • न्युज डेस्क

    २९ फाल्गुन २०७८, आईतवार

फागुन २९, काठमाण्डौं
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदै हुनुहुन्छ । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राती ११ः३० बजे दुबई जानलाग्नुभएको हो । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई जाने कार्यक्रम रहेको छ ।
मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री अथकको नेतृत्वमा नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुन गईरहेको उक्त कार्यक्रममा एशिया क्षेत्रका खेलकुद मन्त्रीहरुको सहभागीता रहने बताईएको छ । मन्त्री अथक आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित
  • Nabintech